प्रस, वीरगंज, २९ जेठ/

वीरगंज महानगरपालिकाले अनुमतिविना सञ्चालित पाँचवटा विद्यालयमा मङ्गलवार सिलबन्दी गरेको छ। सिजी एजुकेशनद्वारा सञ्चालित दिल्ली पब्लिक स्कूलको पूर्वप्राथमिक तह (मन्टेश्वरी) कक्षा निनोस वीरगंजको नामबाट वीरगंज महानगरपालिका–१२ मुर्लीबगैंचामा अनुमतिविना सञ्चालन भइरहेको पाइएकोले सिलबन्दी गरिएको महानगरले जनाएको छ।

यसैगरी, वीरगंज–२६ सुगौलीमा २०५७ सालदेखि अवैधरूपमा सञ्चालित सिटिजन पब्लिक स्कूल र २०७५ देखि सञ्चालित एएस नलेज एकेडेमीमा सिलबन्दी गरिएको महानगरको शिक्षा महाशाखाले जनाएको छ।

यसैगरी, वीरगंज–१८ भवानीपुरमा सञ्चालित सुरज एकेडेमी अनुमतिविना र अनुमतिभन्दा बढी कक्षा सञ्चालन गर्दै आएको भवानीपुरकै बुद्ध एकेडेमीमा पनि सिलबन्दी गरिएको छ।

सिलबन्दी गर्न वीरगंज महानगरपालिका शिक्षा समितिको अनुगमन समितिका संयोजक ईश्वरचन्द्र यादव, शिक्षा अधिकृत आनन्द लामिछाने, नगरप्रमुखका जनसम्पर्क सल्लाहकार नवराज फुयाँललगायत गएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here