पर्सागढी नगरपालिकाको विपत् व्यवस्थापन समितिको नगरस्तरीय बैठक मङ्गलवार सम्पन्न भएको छ।
नगरस्तरीय विपत् व्यवस्थापन समितिका संयोजक नगरप्रमुख गोकर्ण पाठकको अध्यक्षतामा बैठक बसेको थियो।
बैठकले जेठ २३ गते मध्य रातमा आएको विनाशकारी हावाहुरी बाट नगरभित्रका नागरिकहरूको घरटहरा क्षतिग्रस्त भई बास बस्न समस्या भएका घरपरिवारहरूलाई तत्काल राहत सामग्री वितरण गर्न पर्सागढी नगरपालिका
वडा नं ४ का अध्यक्ष शेख खुर्सेद मियाँको संयोजकत्वमा ११ सदस्यीय समिति
गठन गरेको छ। समितिका सदस्यहरूमा वडा सदस्यहरू राजेश सहनी, बृजमोहन दास, कविता देवी, रामजीवन खाँ थारू, जीतेन्द्रप्रसाद यादव, जिन्सी शाखा प्रमुख सञ्जीतकुमार साह, पत्रकार बलिराम शुक्ला, रेडक्रस सोसाइटीका प्रतिनिधि जिकुरल्लाह अन्सारी, महिला प्रतिनिधि भुमा अधिकारी, कर्मचारी राजाराम खनाल रहेका छन्।
त्यसैगरी, कार्यपालिका बैठकबाट राहत वितरणको लागि जनप्रतिनिधिहरूको सेवासुविधाबापत नगरप्रमुखबाट १५ हजार, उपप्रमुखबाट १० हजार, वडाध्यक्षहरूबाट पाँच हजार, कार्यपालिका सदस्यहरूबाट दुई हजार, वडा सदस्यहरूबाट एक हजारको दरले रकम उठाउने निर्णय भएको नगरप्रमुख पाठकले बताए।