प्रस, वीरगंज, २७ जेठ/

नेपाल विद्यार्थी सङ्घ, बाराका अध्यक्ष समीर चौधरीले आइतवार प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन्।

मनसुनजन्य प्राकृतिक विपद्पूर्व तयारी तथा प्रतिकार्य सम्बन्धमा नेपाल विद्यार्थी सङ्घ, केन्द्रीय कार्यालयले

जारी गरेको १२ सूत्रीय सुझावसहितको ज्ञापनपत्र बुझाइएको हो। विपद् व्यवस्थापनसम्बन्धी सुझावसहितको ज्ञापनपत्र बुझाउँदै अध्यक्ष चौधरीले नेविसङ्घले पूर्वतयारीका लागि प्रत्येक जिल्लामा ३० सदस्यीय विपद्पूर्व तयारी स्वयंसेवक समिति गठन गरेको र सो समितिले बाढी, पहिरोलगायतका विपद्सम्बन्धी सचेतना अभियान सञ्चालन गर्ने, तत्काल उद्धार र राहतमा समन्वय गर्ने र सङ्घसँग आबद्ध स्वास्थ्यकर्मीहरूको छुट्टै टीम तयार गरी परिचालनको तयारीमा रहेको जानकारी गराएका थिए।

उनले विपद् सम्बन्धमा नेविसङ्घ सबै निकायसँग समन्वय, सहकार्य गरेर काम गर्ने प्रतिबद्धता पनि जाहेर गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here