जीराभवानी गाउँपालिका–५ शङ्करसरैयास्थित नेरामाविलाई उपकार सेवा नेपालले पङ्खा सहयोग गरेको छ। संस्थाका अध्यक्ष विद्याकुमारी सरावगीले प्रअ रामनारायणप्रसाद थारूलाई पाँच थान पङ्खा हस्तान्तरण गरेकी छन्।
विद्यालयमा अध्ययनरत विद्यार्थीलाई गर्मीयाममा पङ्खा नभएर अध्ययनमा समस्या भएपछि उपकार सेवा नेपालले पङ्खा सहयोग गरेको सामाजिक कार्यकर्ता प्रकाश थारूले बताए। कार्यक्रममा पदमादेवी सरावगी, सज्जन अग्रवाल, अङ्कुश शर्मालगायतको सहभागिता थियो।