प्रस, वीरगंज, २७ जेठ/

जिल्ला प्रहरी कार्यालय, बाराले १२२ किलो गाँजासहित दुईजनालाई पक्राउ गरेको छ।

शनिवार इलाका प्रहरी कार्यालय, अमलेखगंजले बा.१०च ३६१९ नम्बरको कार चेकजाँच गर्दा ८० किलो गाँजासहित चितवन जिल्ला राप्ती नगरपालिका–१० रिकाटार बस्ने २५ वर्षीय मानबहादुर वाईवा र मकवानपुर जिल्ला राक्सिराङ गाउँपालिका–५ बस्ने २६ वर्षीय सुमन स्याङ्तानलाई पक्राउ गरिएको जिप्रका, बाराले जनाएको छ।

यसैगरी, इलाका प्रहरी कार्यालय, सिम्रौनगढले सिम्रौनगढ नगरपालिका–१ हनुमान चोकबाट भारततर्फ जाँदै गरेको बिआर०५सी ७०५४ नम्बरको भारतीय मोटरसाइकलबाट १० किलो गाँजा बरामद भएको जिप्रका, बाराले जनाएको छ। मोटरसाइकल चालक भने गाँजा र मोटरसाइकल छाडेर फरार भएका छन्।

यसैगरी, प्रहरी चौकी पथलैयाले पथलैया चोकबाट ३२ किलो गाँजा बरामद गरेको छ। हेटौंडाबाट पथलैया आउँदै गरेको प्र.०३–००२प५८५४ नम्बरको मोटरसाइकल प्रहरीले रोक्न खोज्दा मोटरसाइकल चालक गाँजा फालेर फरार भएको जिप्रका, बाराका प्रवक्ता प्रहरी नायब उपरीक्ष्Fक दधिराम न्यौपानेले जानकारी गराएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here