बलिराम शुक्ला, बिरूवागुठी, २५ जेठ/

सखुवाप्रसौनी गाउँपालिका कार्यालयको सरकारी नम्बर प्लेटका सवारीसाधनहरूको दुरूपयोग बढेको छ।

गापा अध्यक्ष यशवन्तप्रसाद यादवका आसेपासेहरूले पालिकाको सरकारी नम्बर प्लेटका सवारीसाधनमा रजाइँ गर्न  थालेपछि सो पालिकाका युवाहरू जाइ लागेका छन्।

शुक्रवार मध्याह्न सखुवाप्रसौनी गाउँपालिकाको नाममा रहेको ना.१ब ३१४८ नम्बरको पल्सर मोटरसाइकल सखुवाप्रसौनी गापाका युवाहरूले पर्सागढी नगरपालिका–३ बडनिहार बजारमा नियन्त्रणमा लिई प्रहरी चौकी बडनिहारमा बुझाएका थिए।

सखुवाप्रसौनी गापा–६ बस्ने नागेन्द्रप्रसाद यादवले सो सरकारी मोटरसाइकल लिएर जीतपुर जाने क्रममा अशोक साहलगायत युवाहरूले नियन्त्रणमा लिएर प्रहरी चौकी बडनिहारमा बुझाएका थिए।

युवाहरूका अनुसार सरकारी नम्बरको सवारीसाधनको दुरूपयोग गरेको भन्दै चालक यादवसहित मोटरसाइकल नियन्त्रणमा लिई प्रहरी चौकी बडनिहारमा बुझाइएको बताए। प्रहरी चौकी बडनिहारका इन्चार्ज हरेराम कुर्मीले चालक र मोटरसाइकल केही युवाहरूले नियन्त्रणमा लिई चौकीमा बुझाएपछि आफूले चालकलाई आवश्यक कागजात ल्याउने शर्तमा छाडेको बताए। मोटरसाइकल प्रहरी चौकी बडनिहारमा छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here