प्रस, वीरगंज, २३ जेठ/

‘हाम्रो भूमि हाम्रो भविष्य’ नाराका साथ विश्व वातावरण दिवसको अवसरमा वीरगंज महानगरपालिकाले बुधवार ज्येष्ठ नागरिक पार्क लक्ष्मणवा परिसरमा वृक्षारोपण गरेको छ।

वीरगंज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराई, ज्येष्ठ नागरिक सङ्घ, पर्साका अध्यक्ष श्याम पोखरेल, ज्येष्ठ नागरिक मधेस प्रदेश संयोजक जगदीशप्रसाद शर्मा, पूर्व वन अधिकृत रामानन्द कुर्मी, रामप्रसाद पण्डित, उदयराज शर्मा, आशा गौतमलगायतले परिसरमा दुई सयवटा बिरुवा रोपेका थिए।

कार्यक्रममा सहभागीहरूले वातावरण जोगाउने सरल एवं सहज उपाय वृक्षारोपण मात्र रहेको बताएका थिए। वृक्षारोपण गरेर मात्र हुँदैन, यसको संरक्षणमा जोड दिनुपर्ने ज्येष्ठ नागरिक सङ्घ, पर्साका सचिव विनयराज गौतमले बताए।

यसैगरी, विश्व वातावरण दिवसको अवसरमा वीरगंज महानगरपालिका–१५ भिस्वा डाँडा परिसरमा वृक्षारोपण गरिएको छ। वीरगंजस्थित भारतीय महावाणिज्य दूतावास र ग्रीन सिटी सामुदायिक सेवा केन्द्रद्वारा आयोजित कार्यक्रममा विभिन्न प्रजातिका दुई सयवटा बिरुवा रोपिएका थिए।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसाल, सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल, भारतीय महावाणिज्य दूतावास वीरगंजका महावाणिज्यदूत डिएस मीणा, केन्द्रका अध्यक्ष जयप्रकाश खेतान, सहायक प्रजिअ सानुबाबू अधिकारी, उत्तमकुमार घिमिरे, नेपाल प्रहरी, सेना, सशस्त्र प्रहरी र विद्यार्थीहरूले वृक्षारोपण गरेका थिए।

यसैगरी, विश्व वातावरण दिवसको अवसरमा प्रकृति सेवा प्रतिष्ठान वीरगंजले जनचेतनामूलक साइकल –याली र वृक्षारोपण गरेको छ।

नेपाल राष्ट्रिय विद्यापीठ मावि, श्रीपुरबाट निकालिएको साइकल –यालीले नगरपरिक्रमा गरेको थियो।

यसैगरी, नेराविमावि र सिद्धार्थ माविमा वृक्षारोपण गरिएको प्रकृति सेवा प्रतिष्ठानका अध्यक्ष जसपाल सिंहले बताए। कार्यक्रममा अनिल बेरिवाल, अशोक मिश्र, रामु तामाङ, प्रवेश डङ्गोल, अविनाश झालगायत शिक्षक,

विद्यार्थीहरूको सहभागिता थियो।

प्रस, पोखरिया/

आसमान नेपालले रजत जयन्तीको अवसरमा साताव्यापी कार्यक्रम अन्तर्गत बुधवार वृक्षारोपण गरेको छ।

विश्व वातावरण दिवस तथा रजतजयन्तीको अवसरमा साताव्यापी कार्यक्रमको छैटौं दिन वृक्षारोपण गरिएको आसमान नेपालका धर्मेन्द्र चौरसियाले बताए। जीराभवानी गाउँपालिका–१ वसन्तपुरस्थित नेरामावि कटकुइयामा वृक्षारोपण गरिएको थियो।

गापा उपाध्यक्ष रेखा चौधरीको प्रमुख आतिथ्य र प्रअ कृपासिन्धु पटवारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत शिवराज फुयाँल, आसमान नेपालका सुरेश ठाकुर, मनोज साहलगायतको सहभागिता थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here