प्रस, वीरगंज, २३ जेठ/

जिपी फाउन्डेशनको सोमवार सम्पन्न बैठकले असार १८ गते स्व गिरिजाप्रसाद कोइरालाको पुनर्निर्माण गरिएको सालिक अनावरण गर्ने निर्णय गरेको छ।

स्व कोइरालाको १०१औं जन्मयजन्तीको अवसरमा वीरगंज महानगर–२ छपकैयास्थित ईदगाह चोकमा स्व कोइरालाको सालिक अनावरण गर्ने निर्णय भएको फाउन्डेशनका मनोहर साहले बताए।

सालिक अनावरण कार्यक्रममा नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता शशाङ्क कोइराला र महामन्त्री गगन थापालाई बोलाउने निर्णय भएको साहले बताएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here