सरकारले पर्साका स्थानीय तहमा चालू आर्थिक वर्षको तुलनामा आगामी आवको लागि रु ४४ करोड बढी विनियोजन गरेको छ। सङ्घ सरकारले चालू आवमा पर्साका १४ वटै स्थानीय तहलाई चार अरब ६६ करोड ५० लाख रकम विनियोजित गरेकामा आगामी आव २०८१/८२ को लागि रु पाँच अर्ब १० करोड विनियोजित गरेको छ।
एउटा महानगर, तीनवटा नगरपालिका र १० वटा गाउँपालिका रहेको पर्सा जिल्लामा सबैभन्दा बढी वीरगंज महानगरपालिकालाई एक अर्ब ४४ करोड रकम विनियोजन गरेको छ। जसमध्ये तीनवटा नपालाई एक अर्ब ६४ करोड, १० वटा गापालाई दुई अर्ब ६४ करोड रकम आगामी आवको लागि विनियोजन गरिएको छ।
पोखरिया नपालाई ३३ करोड ३२ लाख, पर्सागढी नपालाई ३१ करोड ४७ लाख र बहुदरमाई नपालाई ३५ करोड ८५ लाख रकम विनियोजन गरिएको छ।
त्यसैगरी, छिपहरमाई गापालाई २८ करोड ३५ लाख, जगरनाथपुर गापालाई २८ करोड ८९ लाख, धोबिनी गापालाई २२ करोड १२ लाख, पटेर्वासुगौली गापालाई २८ करोड ३० लाख, विन्ध्यवासिनी गापालाई २४ करोड ४० लाख, कालिकामाई गापालाई २२ करोड २९ लाख, जीराभवानी गापालाई २५ करोड ३५ लाख रकम विनियोजन गरिएको छ।
सोहीअनुरूप चालू आवको लागि सङ्घ सरकारले वीरगंज मनपालाई एक करोड ३३ लाख, पोखरिया नपालाई ३३ करोड ४७ लाख, पकाहामैनपुर गापालाई २१ करोड ७९ लाख, कालिकामाई गापालाई २२ करोड ५८ लाख, धोबिनी गापालाई २१ करोड ४० लाख, ठोरी गापालाई २९ करोड ८१ लाख, विन्ध्यवासिनी गापालाई २२ करोड २४ लाख, बहुदरमाई नपालाई ३४ करोड ७८ लाख, सखुवाप्रसौनी गापालाई ३३ करोड १७ लाख, पटेर्वासुगौली गापालाई २५ करोड ७८ लाख, पर्सागढी नपालाई ३३ करोड १४ लाख, जगरनाथपुर गापालाई २९ करोड २२ लाख, छिपहरमाई गापालाई २५ करोड ८० लाख, जीराभवानी गापालाई २३ करोड २६ लाख रकम पठाएको छ। जुन अहिले खर्च भइरहेको छ।
सङ्घ सरकारले स्थानीय तहलाई वित्तीय हस्तान्तरण अनुदानबापत सो रकम उपलब्ध गराएको छ। यसबाहेक स्थानीय तह आगामी आवको लागि राजस्व बाँडफाँड, सङ्घ र प्रदेशको थप अनुदान, आन्तरिक स्रोत अन्तर्गत ठेक्कापट्टा, कर असुलीको रकम थप गरी बजेट बनाउने तयारीमा छन्।