प्रस, वीरगंज, २१ जेठ/

स्वास्थ्य कार्यालय, पर्साको आयोजनामा सोमवार वीरगंज महानगरका वडाध्यक्षहरूलाई लामखुट्टेबाट हुने डेङ्गु, मलेरियालगायत रोगबारे प्रशिक्ष्Fण दिइएको छ।

वीरगंज–४ बिर्तास्थित शैक्षिक तालीम केन्द्रमा महानगरका वडा नं १ देखि १६ सम्मका वडाध्यक्षहरूलाई पहिलो चरणमा लामखुट्टेबाट हुने डेङ्गु, मलेरिया, कालाजार, इका, इन्सेफ्लाइटिस, बायोलार्फिकसाइट नियन्त्रणबारे स्वास्थ्य कार्यालयका खोप अधिकृत जयमोद ठाकुरले प्रशिक्ष्Fण दिएका थिए।

वडाध्यक्ष्F जगत साह कानूको अध्यक्षतामा भएको प्रशिक्ष्Fण उद्घाटन कार्यक्रममा स्वास्थ्य कार्यालयका प्रमुख डा मुक्तिनारायण साहले लामखुट्टेबाट हुने रोग नियन्त्रणका लागि वडास्तरमा जनप्रतिनिधिहरूले सचेतनामूलक कार्यक्रम आयोजना गर्नुपर्ने र रोग नियन्त्रणका लागि सोसम्बन्धी औषधिको प्रयोग गर्नुपर्ने बताए। उनले गत वर्ष १०३ जना डेङ्गु रोगी देखिएका र यस वर्ष सो सङ्ख्यालाई कम गर्ने लक्ष्यसहित काम भइरहेको बताए।

लामखुट्टेको प्रजनन हुन नदिन वडास्तरबाट औषधिको प्रयोग गर्न र वडावासीले पनि लामखुट्टे हुर्किने गरी घरआँगनमा पानी जम्ने स्थान पर्नुपर्ने बताए।

कार्यक्रममा वीरगंज महानगरका सरसफाइ प्रमुख सर्फुद्दीन अन्सारीलाई डा साहले २५० एमएलको एक हजार थान औषधि हस्तान्तरण गरेका थिए। कार्यक्रममा वडाध्यक्ष्Fहरू प्रदीप चौरसिया, सुरेश गुप्ता, हीरा गिरी, रमेश यादव, जयप्रकाश शाह र वीरगंज महानगर स्वास्थ्य महाशाखाका प्रमुख अनिल यादवलगायतको सहभागिता थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here