प्रस, पर्सागढी, २१ जेठ/

सखुवाप्रसौनी गाउँपालिका वडा नं ६ लखनपुर टोलको सामुदायिक भवनमा सहकारी केन्द्र नेपालको प्रमथ पर्सा जिल्ला भेला सोमवार सम्पन्न भएको छ। सो भेला केन्द्र मधेस प्रदेशका अध्यक्ष मिश्रीलाल सहनीको अध्यक्षता तथा नेकपा

(माओवादी केन्द्र)का केन्द्रीय सचिव लीलामणि पोखरेलको प्रमुख आतिथ्य सम्पन्न भएको हो। भेलामा विभिन्न प्रस्तावहरूमा छलफल भएको थियो। भेलाले सात सदस्यीय जिल्ला समिति पनि गठन गरेको छ। समितिका अध्यक्ष प्रदीप चौधरी, उपाध्यक्ष अमिर मन्सुरी, कोषाध्यक्ष नइमा खातुन, सचिव बमबहादुर पण्डितलगायत सदस्यहरू

छन्। कार्यक्रममा पर्सा जिल्ला इन्चार्ज विजय महतो, बारा इन्चार्ज अनिल श्रेष्ठ, माओवादी नेता बलिराम साह, जिल्ला सहकारी सङ्घ पर्साका अध्यक्ष शिवकुमार साहलगायतको सहभागिता थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here