पटेर्वासुगौली गाउँपालिका अन्तर्गत जङ्गलभित्र रहेको बाबा दुग्धेश्वरनाथ महादेव मन्दिर क्ष्Fेत्रलाई विकास गर्न शुक्रवार सबै दल एकजुट भएका छन्। मन्दिर क्षेत्र विकासको लागि के गर्न सकिन्छ भन्ने विषयमा आज सर्वदलीय सर्वपक्षीय भेला भएको हो।
पर्सा जिल्लाकै पहिचानको रूपमा रहेको दुग्धेश्वरनाथ महादेव मन्दिरको विकास गरे पर्सा जिल्लाको विकास हुने सर्वदलीय बैठकले निर्णय गरेको थियो। मन्दिर विकास समितिका अध्यक्ष्F अलखदेव महतोको अगुवाइमा शुरू भएको बैठकले मन्दिरछेउ रहेको ओरिया खोलामा तटबन्ध निर्माण, धर्मशाला र मन्दिरको जीर्णोद्धार, महिला तथा पुरुषका लागि सुविधासम्पन्न शौचालय निर्माण, टेलिफोन टावर जडान, चारभैया पोस्टदेखि मन्दिरसम्मको साँघुरो बाटो विस्तार गरी ३० फिटसम्म ग्राभेल सडक निर्माण, भाथा मन्दिरमा विद्युतीकरण, दुग्धेश्वरनाथ मन्दिरलाई धार्मिक पर्यटकीय स्थल घोषणा गर्न सङ्घ र प्रदेश सरकारसँग पहल गर्ने निर्णय गरेको छ।
बैठकमा मन्दिर समितिका पदाधिकारीलगायत नेपाली काङ्ग्रेस पर्साका सभापति एवं सांसद जनार्दनसिंह क्षत्री, जनता समाजवादी पार्टी नेपाल पर्साका अध्यक्ष्F रामनरेश यादव, जनमत पार्टीका अध्यक्ष ओमप्रकाश सर्राफ लोकतान्त्रिक समाजवादी पार्टीका उपाध्यक्ष्F पुरुषोत्तमलाल झा, नेकाका उपसभापति रामनारायण कुर्मी, गापा अध्यक्ष दिनेश चौधरी, पूर्वाधार विकास कार्यालय, वीरगंजका प्रमुख दीपक मिश्रको सहभागिता थियो।