नरेश यादव, पर्सागढी, १८ जेठ/

वीरगंज महानगरपालिका वडा नं ३१ स्थित भेडाहा खोलाबाट ठेकेदार कम्पनीका दुईजना कर्मचारीलाई जिल्ला प्रहरी कार्यालय, पर्साले पक्राउ गरेको छ।

भेडाहा खोलाको ठेक्का शिवशान्ति कन्स्ट्रक्शनले लिएकोमा एउटै सिरियल नम्बर भएका दुर्ईवटा रसिद काटिरहेको सूचनाको आधारमा प्रहरीले ठेकेदार कम्पनीका दुईजना कर्मचारीलाई पक्राउ गरेको छ।

भेडाहा खोलामा एउटै सिरियल नम्बर भएका दुईवटा रसिद भेटिएपछि स्थानीयले जिप्रका, पर्सालाई जानकारी गराएका थिए। जिप्रकाले जिल्ला प्रहरी कार्यालय, पर्सालाई चेकजाँच गर्न भनेपछि प्रहरीको टोली खोलामा पुगेको थियो।

चेकजाँच गर्दा अनियमितता भेटिएपछि प्रहरीले जीतपुरसिमरा उपमहानगरपालिका–२४ निवासी शेख तुफैल र वीरगंज–१० निवासी विकास गुप्तालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here