२५६८औं बुद्धजयन्तीको अवसरमा शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको उपदेशले मानवताको हितमा लाग्न उत्पे्ररणा मिलिरहने भएकोले उनका उपदेश विश्वका प्रत्येक मानिसका लागि उपयोगी रहेको गुरु लोपेन दोर्जे हेसेले बताए। भगवान् बुुद्धका उपदेशहरू बुझ्न, सुुन्न, श्रवण गर्न सरल, सहज छ तर यसको निष्ठापूर्वक पालना गर्न भने निकै कठिन रहेको औल्याउँदै उनले जति सकिन्छ भगवान् बुद्धका उपदेशहरूलाई व्यावहारिक जीवनमा लागू गर्न सक्नु नै जीवनको सार्थकता हुुने जिकिर गरे। बुद्ध पूर्णिमामा त्रिसंयोग परेकोले पनि आजको दिन महत्वपूर्ण रहेको औंल्याउँदै शिल, समाधि, प्रज्ञा बौद्ध दर्शनको मूल मर्म रहेको उनले बताए।
बुद्ध जयन्तीका दिन निजगढस्थित बौद्ध धर्मगुरु, पदाधिकारीहरूलगायतलाई एकीकृत गर्ने प्रयास पनि गरिएको कार्यक्रम संयोजक पेमा घ्याम्सो लामा र सदस्य नेत्र लामाले बताए। निजगढका बौद्ध गुम्बाहरू र नेपाल तामाङ घेदुङ सङ्घ निजगढ नगर कमिटीको आयोजनामा भएको शान्ति –याली बुुद्धचोक, शहीदचोक, भमरा हुँदै पुुनः बुुद्धचोकमा पुगी कोणसभा गरी सम्पन्न भएको थियो। कार्यक्रममा प्रदेशसभा सदस्य मीना लामा, नगरप्रमुख सुरथ पुरी, उपप्रमुख सोममाया थिङ, निवर्तमान नगरप्रमुख सुरेश खनाल, वडाध्यक्ष, जनप्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, विभिन्न सङ्घसंस्थाका प्रमुख, प्रतिनिधि, विद्यार्थी, खेलाडी, सञ्चारकर्मीहरूको सहभागिता थियो।