राष्ट्रिय स्वतन्त्र पार्टी, पर्साको संयोजकमा हरि पन्त मनोनयन भएका छन्। बिहीवार साँझ जनकपुरमा आयोजित कार्यक्रममा रास्वपा मधेस प्रदेशका महामन्त्री मनीष साहले पर्साको संयोजकमा पन्तलाई मनोनयन गरेका हुन्।
जिल्ला संयोजक हुन सम्बन्धित जिल्लाका सम्पूर्ण निर्वाचित क्षेत्रीय पदाधिकारी, प्रतिनिधि र गठित पालिका पदाधिकारीहरूको मतले प्रदेश सदस्यमा निर्वाचित भएर आउनुपर्ने प्रावधान अनुसार पन्तलाई मनोनयन गरिएको महामन्त्री साहले बताए। डेढ महीना अघि पार्टीको आन्तरिक निर्वाचनमा पन्त मधेस प्रदेश सदस्यमा पनि विजयी भएका थिए।
पन्त होटल व्यवसायी महासङ्घ नेपालका केन्द्रीय सचिव, होटल तथा पर्यटन व्यवसायी सङ्घ पर्साका अध्यक्ष तथा वीरगंज उद्योग वाणिज्य सङ्घको कार्यकारिणी समितिमा सदस्यका साथै उद्योग वाणिज्य सङ्घकै होटल पर्यटन समितिमा उपसंयोजकसमेत छन्।