प्रस, सेढवा, ९ जेठ/

जीराभवानी गाउँपालिकामा सञ्चालित दोस्रो जीराभवानी मेयरकप फूटबल प्रतियोगिता अन्तर्गत बुधवार भएको सेमिफाइनल खेलमा ब्रह्मबाबा युवा क्लब, सहजानपुर विजयी भई फाइनलमा प्रवेश गरेको छ ।

सहजानपुरले न्यू सनलाइट युवा स्पोट्र्स क्लब, सुपौलीलाई पराजित गरी प्रतियोगिताको फाइनलमा पुगेको हो । खेलको निर्धारित समयावधिमा दुवै टीमले गोलरहित बराबरी खेलेपछि टाइब्रेकरबाट निर्णय गरिएको थियो ।

टाइब्रेकरमा सुपौलीलाई दुईका विरुद्ध चार गोल गरी सहजानपुर फाइनलमा प्रवेश गरेको हो । यस खेलमा सहजानपुरका गोलकीपर अभिनाश चौधरी ‘म्यान अफ दी म्याच’ घोषित भए ।

भोलि प्रतियोगिताको दोस्रो तथा अन्तिम सेमिफाइनल खेलमा युवा प्रगति समाज, सेढवा र युनिक युवा क्लब, सढी  भिड्नेछन् । भोलिको विजेतासँग आजको विजेता सहजानपुर शनिवार हुने फाइनल खेलमा जुध्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here