नितेश कर्ण, वीरगंज, ९ जेठ/

भारत, बिहार राज्य, पश्चिमी चम्पारण जिल्लामा यही मे २५ तारिखमा हुने लोकसभा निर्वाचनलाई मध्यनजर गरी रक्सौल–वीरगंज सीमानाका भारतीय पक्षले बुधवार दिउँसो १ बजेदेखि बन्द गरेको छ।

नेपाल–भारत सीमा सुरक्षा अधिकारीहरूको बैठकले ४८ घण्टापूर्व सीमानाका बन्द गर्ने सहमति अनुसार जिल्ला प्रशासन कार्यालय, पर्सा र बाराले सूचना प्रकाशित गर्दै भोलि जेठ १० गते मे २३ तारिखका दिन बिहान ६ देखि मे २५ अर्थात् जेठ १२ गते शनिवार साँझ ६ बजेसम्मका लागि सीमानाका बन्द रहने सूचना जारी गरेको थियो । तर भारतीय पक्षले भने आजै दिउँसो १ बजेदेखि आफ्नो नाका बन्द गरेको छ ।

बिहान खुला रहेको रक्सौल–वीरगंज सीमानाका दिउँसो पूर्वसूचनाविना भारतीय पक्षले बन्द गर्दा रक्सौलमा किनमेलका लागि सवारीसाधनसहित गएकाहरूलाई भने समस्या भएको थियो । भारतीय पक्षले सवारीसाधनबाहेक पैदल यात्रीहरूको आवतजावतमा भने रोक लगाएको छैन । तर सवारीसाधनहरूको आवतजावत ढाट लगाएर बन्द गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here