मधेस प्रदेश राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, पथलैयाले चालू आवको १० महीनामा दुई लाख १० हजार ५१९ जना चालकलाई जरिवाना गरेर रु १८ करोड ५७ लाख ४८ हजार ७५३ जरिवाना असुल गरी राजस्व दाखिला गरेको छ ।
कार्यालयका प्रमुख प्रहरी उपरीक्षक भीमकिरण बोगटीले सोही अवधिमा पाँच हजार ११२ वटा सवारीसाधन दुर्घटनामा परी ४३७ जनाको मृत्यु भएको र आठ हजार १६५ जना घाइते भएको बताए।
उनले जरिवाना र राजस्व दाखिला गर्ने हाम्रो नीति र उद्देश्य नभएको बताउँदै दुर्घटना तथा धनजनको क्षति न्यूनीकरण गर्ने आपूmहरूको मुख्य उद्देश्य रहेको बताए ।
प्राप्त विवरण अनुसार मधेस प्रदेश राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अन्तर्गत ट्राफिक प्रहरी कार्यालय पर्साले २१,३५९ जना चालकलाई कारबाई गरी रु दुई करोड १७ लाख २१ हजार ९५२, बाराले २८,४२७ जना चालकलाई कारबाई गरी रु दुई करोड ४३ लाख १५ हजार ५००, रौतहटले १८,२७८ जना चालकलाई कारबाई गर्दै रु एक करोड ७० लाख १९ हजार ५००, सर्लाहीले २१,६२५ जनालाई कारबाई गरी रु एक करोड ९९ लाख ३८ हजार ५००, महोत्तरीले ३१,७७७ जनालाई कारबाही गरी रु दुई करोड ७४ लाख ५३ हजार ८५०, धनुषाले २३,४८१ जनालाई कारबाही गरी रु एक करोड ८३ लाख ५१ हजार, सिराहाले ३०,८३३ जनालाई कारबाही गरी रु दुई करोड ४१ लाख ३९ हजार ३५०, सप्तरीले १९,३०८ जनालाई कारबाही गरी रु एक करोड ४१ लाख ८६ हजार ६०० र पथलैया चेकपोस्टले १५,४३१ जनालाई कारबाही गरी रु एक करोड ८६ लाख २२ हजार ५०० जरिवाना गरेको उल्लेख छ ।
कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले यस अवधिमा सवारी चालक र यात्रीहरूलाई विभिन्न जनचेतनामूलक कार्यक्रम गरी ट्राफिक नियमबारे सचेत गराइएको बताए ।