काठमाडौं, ८ जेठ/ रासस

नेपाल एटिएफ यू–१२ टेनिस टीम प्रतियोगिता (दक्षिण एशियाली क्षेत्रीय छनोट)मा मङ्गलवार पराजित भएको छ। सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा भएको खेलमा नेपाल छात्रमा पाकिस्तान र छात्रामा भारतसँग पराजित भएको हो। प्रतियोगिताको पहिलो दिन नेपालको छात्र टीम श्रीलङ्कासँग ३–० तथा छात्रा टीम बङ्गलादेशसँग २–० ले पछि परेको थियो।

नेपाल टेनिस सङ्घको आयोजनामा भइरहेको उक्त प्रतियोगिताको छात्रामा पाकिस्तानले नेपाललाई ३–० ले पराजित ग–यो। सिङ्गल्समा रसिद अलीले नेपालका विश्वविशेष डल्लाकोटीलाई ६–३ र ६–० तथा मुहम्मद सायनले नेपालका निश्चल ज्ञवालीलाई ६–१ र ६–१ को सोझो सेटमा पराजित गरे।

 डबल्समा सायन र जुनैद खान मुहम्मदको जोडीले नेपालका विश्व र साहनबाज आलमको जोडीलाई सीधा सेटमा ६–१ र ६–० ले पाखा लगाए। छात्रामैं भारतले माल्दिभ्स तथा श्रीलङ्काले भुटानलाई समान ३–० को नतीजामा पन्छाए। दोहोरो जीत निकाल्ने क्रममा छात्रामा भारतले नेपालमाथि ३–० को जीत दर्ता ग–यो। सिङ्गल्समा श्रृष्टि किरणले नेपालकी आयुशा जिसीलाई ६–० र ६–० तथा खुशी कडियनले नेपालकी अनुश्री धोजुलाई ६–२ र ६–० को सोझो सेटमा पन्छाए।

डबल्समा सरेना घलोट र श्रृष्टि किरणको जोडीले नेपालका अनुश्री धोजु र सारा पन्तको जोडीलाई ६–१ र ६–० ले पराजित ग–यो। अर्काे खेलमा बङ्गलादेशले माल्दिभ्सलाई ३–० ले निराश पा–यो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here