प्रस, रौतहट, ८ जेठ/

गौर नगरपालिका–५ बस्ने ५८ वर्षीय राजु मिश्रलाई रौतहट जिल्ला अदालतले पुर्पक्षको लागि जेल चलान गरेको छ। मिश्रमाथि सङ्गठित अपराध, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान मुद्दामा अदालतले आदेश जारी गरेपछि उनी फरार भएका थिए।

फरार अवस्थामा मिश्रलाई गौर नगरपालिका–१ नेपाल–भारत सीमाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, रौतहटले जनाएको छ। उनीसमेतले गौर नपा–३ बस्ने २७ वर्षीय रोहितकुमार जयसवाललाई २०७८ पुस २० गते अपहरण गरी भारतको बैरगनियामा बन्धक बनाइ हत्या गरेर शवलाई नन्दद्वारा पुलमा फालेको आरोप छ।

रकम फिरौतीबापत सो घटना गरिएको प्रहरी प्रतिवेदन अनुसार रौतहट जिल्ला अदालतले मिश्रलाई हिजो सोमवार पुर्पक्षको लागि जेल चलान आदेश दिएपछि गौर कारागारमा चलान गरिएको जिप्रका, रौतहटले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here