आन्तरिक राजस्व कार्यालय, पर्साद्वारा साढे पाँच अर्ब राजस्व सङ्कलन

वीरगंज (पर्सा), ६ जेठ/ रासस आन्तरिक राजस्व कार्यालय, पर्साले चालू आर्थिक वर्ष २०८०/८१ को १० महीनामा साढे पाँच अर्बभन्दा धेरै रकम राजस्व सङ्कलन गरेको छ। कार्यालयका अनुसार चालू आवको १० महीनामा मूल्य अभिवृद्धि कर सङ्कलन उत्साहजनक देखिए पनि अन्तःशुल्क कर भने अपेक्षाकृत ढङ्गले सङ्कलन हुन सकिरहेको छैन। आन्तरिक राजस्व कार्यालय, पर्साका प्रमुख कर अधिकृत ढाकाराम […]

डोको बोकेर दौडिने प्रतियोगितामा फक्ताङ्लुड्ढा कार्की प्रथम

ताप्लेजुङ, ६ जेठ/रासस ताप्लेजुङ पर्यटन महोत्सव अन्तर्गत आइतवार भएको डोको क्यारी रन (डोको बोकेर दौडिने) प्रतियोगितामा फक्ताङ्लुङ गाउँपालिकाका–२ का छत्रबहादुर कार्की प्रथम भएका छन्। सदरमुकामदेखि सुकेटारस्थित सानो पाथीभरा मन्दिर पुगेर फर्किनुपर्ने करीब १४ किलोमिटरको निर्धारित दूरी एक घण्टा १५ मिनेटमा पार गर्दै कार्की प्रथम भएको आयोजक समितिले जनाएको छ। यस्तै, पाँचथरको फिदिम नगरपालिका–१४ का विशाल […]

अमलेखगंजदेखि लोथरसम्म ‘पेट्रोलियम पाइपलाइन’ विस्तार हुँदै

बाग्मती, ६ जेठ/रासस बाराको अमलेखगंजदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाइन विस्तारको काम शीघ्र प्रारम्भ हुने भएको छ। मोतिहारी–अमलेखगंज पाइपलाइनको काम पूरा भएपछि त्यसलाई लोथरसम्म विस्तार गरिने नेपाल आयल निगमले जनाएको छ। अमलेखगंज–लोथर ६९ किलोमिटरमा पाइपलाइनको काम प्रारम्भ गर्न प्राविधिक टोलीबाट अध्ययन भइरहेको निगमको मधेस प्रादेशिक कार्यालय, अमलेखगंजका प्रमुख विनीतमणि उपाध्यायले जानकारी दिए। “नेपाल र भारत दुवै […]

गरिब बस्तीमा इन्धनको चिन्ता

महोत्तरी, ६ जेठ/रासस वर्षा शुरू हुन लाग्दासमेत खाना पकाउने इन्धन सञ्चित नभएपछि महोत्तरीको झुपरका स्थानीयवासी चिन्तित छन् । यसपालि वनमा पतझड झर्ने बित्तिकै डढेलो लागेकाले उनीहरूले पतिङ्गर सोहार्न पाएनन् । सोही कारण झुपर बस्तीका स्थानीयवासी वर्षामा खानेकुरा केले पकाउने भन्ने चिन्तामा पिरोलिएका छन् । अन्नपात बनिबुतो गरी जोहो गरे पनि पतिङ्गर साँच्न नपाउँदा खाना पकाउने […]

नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि

काठमाडौं, ६ जेठ/रासस नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि देखिएको छ। नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिको त्रैमासिक समीक्षामार्फत कर्जा प्रवाह विस्तारमा केही लचिलो नीति लिएपछि त्यसको सकारात्मक प्रभाव पूँजीबजारमा देखिएको हो। आइतवार परिसूचक ४५ दशमलव ६९ अङ्कले बढेर दुई हजार ६४ दशमलव ४५ को बिन्दुमा कायम भएको हो। […]

तीन पालिकाका पाँचवटा खोलाबाट नदीजन्य पदार्थ उत्खननमा रोक

प्रस, निजगढ, ५ जेठ/ स्थानीय तह कोल्हवी, निजगढ नगरपालिका र जीतपुुरसिमरा उपमहा नगरपालिका पाँचवटा खोलाबाट नदीजन्य पदार्थ उत्खनन, सङ्कलन, ओसारपोसारमा रोक लगाइएको छ। कोल्हवी नपाको बकैया, निजगढ नपाको बकैया र जीतपुरसिमरा उपमहानगरका बालगङ्गा, पसाहा, दुधौरा खोलाबाट नदीजन्य पदार्थ उत्खनन, सङ्कलन, ओसारपोसारमा जिल्ला अनुुगमन समितिले रोक लगाएको छ। अनुगमनको क्रममा तीनवटा पालिकाका पाँचवटा खोलाका ठेकेदारले चरम […]

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।