प्रस, ठोरी, ६ जेठ/

इलाका प्रहरी कार्यालय, ठोरीमा निर्माणाधीन भवनका लागि ठोरी बजार व्यवस्थापन समितिले आर्थिक सहयोग गरेको छ। उक्त भवन निर्माणका लागि नगद रु २० हजार इप्रका, ठोरीका प्रहरी सहायक निरीक्षक बलराम बस्नेतलाई हस्तान्तरण गरेको समितिका अध्यक्ष बलराम सापकोटाले जानकारी दिए। केही दिन अघिदेखि प्रसनि बस्नेतको पहलमा स्थानीयको सहयोगबाट कार्यालय भवन  निर्माण कार्यको थालनी गरिएको हो।

ठोरी बजारमा रहेका साना/ठूला सबै पसल तथा होटलबाट रु पाँच सयको दरले रकम सङ्कलन गरी समितिमार्फत उक्त रकम इप्रकालाई  हस्तान्तरण गरिएको ठोरी बजारका होटल व्यवसायी  शङ्कर लामिछानेले जानकारी दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here