प्रस, पोखरिया, ६ जेठ/

जगरनाथपुर गाउँपालिका–५ मसिहानीमा आइतवारदेखि नौ दिने विष्णु महायज्ञ शुरू भएको छ। सांसद रमेश रिजालले विष्णु महायज्ञको उद्घाटन गरेका थिए।

महायज्ञको पहिलो दिन आज जलयात्रा निकालिएको थियो। मसिहानीबाट निकालिएको जलयात्रा गाउँपरिक्रमा गरी सिकटा नदीबाट जल भरेर महायज्ञस्थलमा पुगी समापन भएको थियो।

महायज्ञ उद्घाटन तथा जलयात्रा कार्यक्रममा मधेस प्रदेशका पूर्वमुख्यमन्त्री लालबाबूराउत गद्दी, प्रदेशसभा सदस्य शङ्कर चौधरी, गापा अध्यक्ष्F श्रीकान्त यादव, प्रमुख प्रशासकीय अधिकृत कृष्णनन्दन यादव, नेका पर्साका

प्रवक्ता रमेश पाण्डे, सहसचिव  नवीन सिंह, स्थानीय नेता वशिष्ठनारायण कुर्मी, जगरनाथपुर गापाका वडाध्यक्षहरू बिहारी नुनिया, सुभाष यादव, लक्ष्मी साह तेलीलगायतको सहभागिता थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here