१४ वटै पालिकामा सरकारी अनुदान पुग्यो

प्रस, वीरगंज, ६ जेठ/ कोष तथा लेखा नियन्त्रक कार्यालय, पर्साले सङ्घ सरकारबाट प्रदान गरिने चालू तथा पूँजीगत शीर्षकमा १४ वटै पालिकामा विनियोजित रकम पठाएको जनाएको छ। पर्सा जिल्लाका १४ वटा पालिकाको लागि सरकारले १० अर्ब ३८ करोड १६ लाख २० हजार ७३६ चालूगत पूँजी विनियोजित गरेको र त्यसमध्ये सरकारको निर्णय अनुसार ७४.११ प्रतिशत रकम सम्बन्धित […]

ठोरी बजार समितिद्वारा आर्थिक सहयोग

प्रस, ठोरी, ६ जेठ/ इलाका प्रहरी कार्यालय, ठोरीमा निर्माणाधीन भवनका लागि ठोरी बजार व्यवस्थापन समितिले आर्थिक सहयोग गरेको छ। उक्त भवन निर्माणका लागि नगद रु २० हजार इप्रका, ठोरीका प्रहरी सहायक निरीक्षक बलराम बस्नेतलाई हस्तान्तरण गरेको समितिका अध्यक्ष बलराम सापकोटाले जानकारी दिए। केही दिन अघिदेखि प्रसनि बस्नेतको पहलमा स्थानीयको सहयोगबाट कार्यालय भवन  निर्माण कार्यको थालनी […]

प्रमुख सिंह शारदा माविमा

प्रस, वीरगंज, ६ जेठ/ आइतवार बिहान ७ बजे वीरगंजको बहुअरीस्थित शारदा माविमा वीरगंज महानगरका प्रमुख राजेशमान सिंह कक्षा १० का विद्यार्थीसँगै बसेर सिक्दै सिकाउँदै गरेको भेटिए। महानगरले शुरू गरेको ‘कक्षाकोठामा मेयर’ कार्यक्रम अन्तर्गत उनी बिहानै शारदा मावि पुगेका थिए। कक्षाकोठामा विद्यार्थीसँगै बसेर प्रमुख सिंहले विद्यार्थीहरूलाई आफ्नो अनुभव र जीवन भोगाइका कुरा बताएका थिए।  जीवनमा जस्तोसुकै […]

मसिहानीमा विष्णु महायज्ञ शुरू

प्रस, पोखरिया, ६ जेठ/ जगरनाथपुर गाउँपालिका–५ मसिहानीमा आइतवारदेखि नौ दिने विष्णु महायज्ञ शुरू भएको छ। सांसद रमेश रिजालले विष्णु महायज्ञको उद्घाटन गरेका थिए। महायज्ञको पहिलो दिन आज जलयात्रा निकालिएको थियो। मसिहानीबाट निकालिएको जलयात्रा गाउँपरिक्रमा गरी सिकटा नदीबाट जल भरेर महायज्ञस्थलमा पुगी समापन भएको थियो। महायज्ञ उद्घाटन तथा जलयात्रा कार्यक्रममा मधेस प्रदेशका पूर्वमुख्यमन्त्री लालबाबूराउत गद्दी, प्रदेशसभा […]

विभिन्न मुद्दाका आरोपी गिरी पक्राउ

प्रस, वीरगंज, ६ जेठ/ जिल्ला प्रहरी कार्यालय, पर्साले विभिन्न मुद्दाको आरोपमा आइतवार बिहान एकजना वृद्धलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सखुवाप्रसौनी गाउँपालिका–५ महुवन निवासी प्रेम गिरी रहेको प्रहरीले जानकारी गराएको छ। पक्राउ परेका गिरी चार दशकअगाडि नेपाल–भारत सीमामा हुने चोरी, डकैती, लुटपाट, अपहरणलगायत घटनाका मुख्य योजनाकार रहेको गाउँलेहरूको भनाइ छ। सो बेला खासगरी सीमावर्ती बिहारका […]

पर्सा जिल्लाको नाका ४८ घण्टा बन्द

प्रस, वीरगंज, ६ जेठ/ जिल्ला प्रशासन कार्यालय, पर्साले भारत, बिहार राज्यको पश्चिम चम्पारण जिल्लामा यही मे २५ तारिखमा हुने लोकसभा निर्वाचनलाई शान्तिपूर्ण भयरहित वातावरणमा सम्पन्न गर्न बसेको बैठकको निर्णय अनुसार पर्सा जिल्लाका नाकाहरू जेठ १० गते बिहान ६ देखि १२ गते बिहान ६ बजेसम्मका लागि बन्द हुनेछन्। प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले आज विज्ञप्ति जारी […]

जीराभवानीमा आयुर्वेद योग शिविर

प्रस, सेढवा, ६ जेठ/ जीराभवानी गाउँपालिकामा आइतवार निश्शुल्क विशेषज्ञ आयुर्वेद तथा योग शिविर सम्पन्न भएको छ। स्वास्थ्य निर्देशनालय मधेस प्रदेशको आयोजनामा वडा नं ३ मा रहेको विवाह भवनमा सो शिविर सम्पन्न भएको थियो। गाउँपालिकाकी उपाध्यक्ष रेखा चौधरीको सभापतित्व तथा प्रदेशसभा सदस्य शङ्करप्रसाद चौधरीको प्रमुख आतिथ्यमा सो शिविर सम्पन्न भएको थियो। योग शिविरमा स्थानीय ५० जना […]

पर्यटन प्रचारप्रसार अभियान शुरू

प्रस, वीरगंज, ६ जेठ/ नेपाल होटल तथा पर्यटन व्यवसायी महासङ्घ मधेस प्रदेशले पर्यटन प्रचारप्रसार बृहत् अभियान पर्सा राष्ट्रिय निकुञ्जबाट शुरू गरेको छ। महासङ्घका अध्यक्ष हीरालाल गौतमको अध्यक्षतामा भएको कार्यक्रममा महासङ्घका महासचिव वैकुण्ठ सापकोटा, जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख राजन पौडेल, मधेस प्रदेशका उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री सुशील साह, बाराका सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराई, पर्सा राष्ट्रिय […]

काठ बरामद

प्रमोद यादव, पंचगावाँ, ६ जेठ/ राष्ट्रिय जङ्गलबाट सालको रूख कटान गरी गोलिया बनाइ तस्करी गरी लैजाने क्रममा छवटा सालको गोलियासहित साइकल बरामद भएको छ। सखुवाप्रसौनी गाउँपालिका–२ जमुनियाबाट छवटा साइकलमा लोड छ थान सालको गोलिया बरामद भएको रङ्गपुर सबडिभिजन वन कार्यालयका जमदार अर्जुन चौधरीले बताए। बरामद काठ ४० क्युफिट रहेको र सोको मूल्य डेढ लाख रहेको […]

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।