रामेश्वर मेहता, सिम्रौनगढ, ५ जेठ/

राष्ट्रिय स्वतन्त्र पार्टीका नेता रमेश प्रसाईंले सिम्रौनगढमा पर्यटनको प्रचुर सम्भावना रहेको र यहाँको विकासका लागि स्थानीय जनता जागरूक हुनुपर्ने बताएका छन्।

नेता प्रसाईं र सांसद हरि ढकाल शनिवार सिम्रौनगढको धार्मिक एवं पर्यटकीय स्थलहरूको भ्रमण गर्ने क्रममा उनले सो कुरा बताएका हुन्।

उनले सिम्रौनगढको विकास हुन नसक्नुमा ३० वर्षदेखि शासन गर्दै आएका दलहरू बढी जिम्मेवार भएको आरोप लगाए।

उनले आफ्नो दल दुई वर्षदेखि अस्तित्वमा आएको तर ३० वर्षदेखि देशमा शासन गर्दै आएका दलहरूले सिम्रौनगढको विकास नगरेको दोषारोपण गरे। उनले सिम्रौनगढको धार्मिक एवं पर्यटकीय विकासको लागि आफ्नो दलका सांसद मनीष झाले  संसद्मा आवाज उठाउँदै आएको दाबी गरे।

उनले सिम्रौनगढको विकासको लागि रास्वपा सदैव साथमा रहेको बताए। नेता प्रसाईं र सांसद ढकाललाई रास्वपा सिम्रौनगढका कार्यकर्ताहरूले स्वागत गरेका थिए।

उनीहरूले कङ्काली मन्दिर, रानीवासस्थित रामजानकी मन्दिरमा पूजाअर्चना गरेका थिए। कार्यक्रममा रास्वपा बाराका सभापति चन्दन सर्राफ, क्षेत्रीय सभापति रजनिश कुशवाहा, सिम्रौनगढ व्यवसाय सङ्घका सभापति मुकेश जयसवाललगायतको सहभागिता थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here