प्रस, सर्लाही, ५ जेठ/

छिमेकी भारत बिहारको सीतामढी र मधुवनी लोकसभा क्षेत्रमा यही जेठ ७ गते हुने आमनिर्वाचनलाई लिएर सो क्षेत्रसँग जोडिएका नेपालको मधेस प्रदेशका रौतहट, सर्लाही, महोत्तरी र सिराहा जिल्लाका सीमानाका शनिवार राति १२ बजेदेखि तीन दिनको लागि बन्द हुने भएको छ।

रौतहट, सर्लाही, महोत्तरी र सिराहाका जिल्ला प्रशासन कार्यालयहरूले सूचना जारी गर्दै छिमेकी बिहारको सीतामढी र मधुवनी जिल्लामा लोकसभा चुनाव हुन गइरहेकाले तीन दिन ७२ घण्टा सीमानाका बन्द हुने जनाएका छन्।

आज राति १२ बजेदेखि बन्द हुने सीमानाकाहरू जेठ ७ गते सोमवार राति १२ बजेसम्मका लागि बन्द हुने बताइएको छ। नेपाल र भारतमा आम चुनावको समयमा ७२ घण्टा सीमानाका बन्द हुने गरेकामा र सोही अनुसार आज राति १२ बजेदेखि नाका बन्द हुने त्यहाँका जिल्ला प्रशासन कार्यालयहरूले सूचना जारी गरी जानकारी गराएका छन्।                                         जिप्रका, सर्लाहीले पर्सा गाउँपालिकादेखि बलरा नगरपालिकासम्मको सीमानाका बन्द हुने र जिप्रका, महोत्तरीले मटिहानी नगरपालिकादेखि सोनमा गाउँपालिकासम्मको सीमानाका बन्द हुने जनाएका छन्।

यसैगरी, रौतहट जिल्लाको राजदेवी नगरपालिका–९ ब्रह्मपुरीदेखि ईशनाथ नगरपालिका–१ बन्जरहासम्म बन्द हुने जनाइएको छ भने सिराहाका सबै नाका बन्द हुने जनाइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here