काठमाडौं, ३१ वैशाख/रासस

सशस्त्र प्रहरी बलको नेपाल एपिएफ क्लबले बाग्मती प्रदेशलाई आठ विकेटले हराउँदै ललितपुर मेयर्स कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जीत दर्ता गराएको छ । एपिएफले यसअघि भएको पहिलो खेलमा कोशी प्रदेशलाई २४ रनले पराजित गरेको थियो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमवार भएको खेलमा बाग्मतीले दिएको ७४ रनको सामान्य लक्ष्य एपिएफले ११ ओभरमा दुई विकेट गुमाउँदै पूरा ग¥यो ।

एपिएफका लागि ममता चौधरीले सर्वाधिक ३५ रन बनाइन् । यसैगरी, इन्दु वर्माले १७, कप्तान सीता रानमगरले ११ र राजमती ऐरीले अविजित १० रन जोडे । बाग्मतीका लागि खुशी डङ्गोलले एक विकेट लिइन् ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको बाग्मतीले निर्धारित २० ओभरमा छ विकेट गुमाउँदै ७३ रनको योगफल बनाएको थियो । बाग्मतीका लागि हेनिशा गुरुङले ३१ र खुशी डङ्गोलले अविजित १४ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

एपिफका लागि करुणा भण्डारीले चार विकेट लिइन् भने सीता रानामगरले दुई विकेट लिइन् । यस जीतसँगै एपिएफले दुई खेलबाट चार अङ्क जोडेको छ । दुवै खेलमा पराजित बाग्मती अङ्कविहीन छ । बाग्मती पहिलो खेलमा आयोजक ललितपुर मेयर्स–११ सँग सात विकेटले पराजित भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here