प्रस, वीरगंज, २९ वैशाख/

वीरगंज महानगरपालिकाले वीरगंज महानगरपालिका–९ स्थित गीतामन्दिरको प्रवेशद्वार छेउछाउमा बनेका पसलघरहरू हटाएको छ ।

महानगरपालिकाले गीतामन्दिर सौन्दर्यीकरण गर्ने अभिप्रायले मन्दिरद्वारको छेउछाउमा बनेका सटर पसलहरूमा डोजर चलाएर खाली गराएको नगरप्रमुखका सल्लाहकार हरि पोखरेलले बताए ।

उनले गीतामन्दिर सञ्चालक समितिको सहमतिमा सौन्दर्यीकरणका लागि पसलहरू हटाइएको बताए । पसलहरूका कारण गीतामन्दिरको आकर्षणमा कमी आएकोले पसलहरू हटाएर पर्खाल घेरेर गहवामाई मन्दिर जस्तै सौन्दर्यीकरण गरिने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here