प्रस, वीरगंज, २८ वैशाख/

वीरगंज महानगरपालिका कार्यालय अन्तर्गतको बजार व्यवस्थापन तथा अनुगमन समितिले शुक्रवार पनि वीरगंजका होटलहरूको अनुगमन गरेको छ ।

वीरगंजस्थित मकालु, डिलाइट, जायका बिरयानी, सम्मा बिरयानीलगायतमा अनुगमन गरिएको थियो । अनुगमनको क्रममा होटल मकालुको फ्रिजमा मिति सकिएको एक बोतल बियर बरामद भएको थियो । त्यसैगरी, शाकाहारी र मांसहारी दुवैथरीका सामग्रीहरू फ्रिजमा भण्डारण गरिएको पाइएको बजार अनुगमन समितिका सचिव विपिनलाल दासले बताए । यसैगरी, सो होटलले महानगरबाट व्यवसाय दतर्F प्रमाणपत्रको नवीकरण नगराएकोले नवीकरणको लागि निर्देशन दिइएको बताए । होटल डिलाइटको भान्साघरको फ्रिजमा पनि मासुजन्य पदार्थहरूलाई ¥याप गरी नराखेको र होटलले व्यवसाय प्रमाणपत्र पनि नवीकरण नगरेको दासले बताए । जायका बिरयानीको भान्साघरको फ्रिजमा मासुजन्य पदार्थ अव्यवस्थित तरीकाले राखिएको र सोबाट दुर्गन्ध पैmलिएकोले व्यवस्थित तरीकाले राख्न निर्देशन दिएको बताए ।

यसैगरी, छपकैयास्थित सम्मा बिरयानीमा पनि अनुगमन गर्दा त्यहाँ पनि अव्यवस्थित र फोहर तरीकाबाट व्यवसाय भइरहेको पाइएपछि व्यवस्थित र सफा गरी व्यापार गर्न निर्देशन दिएको दासले बताए । महानगरको अनुगमन समितिले बिहीवारदेखि वीरगंजका होटलहरूको अनुगमन शुरू गरेको हो । बिहीवार केएफसी र होटल क्लार्कमा अनुगमन गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here