प्रस, परवानीपुर, २८ वैशाख/

वीरगंज महानगरपालिका–६ लोहारपट्टि चोकमा द स्काइ भ्यू लन्ज एन्ड बार रेस्टुरेन्ट सञ्चालनमा आएको छ । शुक्रवार नगरप्रमुख राजेशमान सिंहले सो रेस्टुरेन्टको उद्घाटन गरेका थिए ।

उनले आर्थिक मन्दीका बीच व्यवसाय सञ्चालन चुनौतीपूर्ण भएपनि रेस्टुरेन्टहरू खुल्ने, बन्द हुने क्रम नरोकिएको बताए । व्यवस्थित तरीकाले रेस्टुरेन्ट सञ्चालन गरेको खण्डमा अहिले पनि वीरगंजमा रेस्टुरेन्टहरूको माग बढ्दो रहेको उनले बताए । ग्राहकलाई सुविधा दिने र कम मुनाफा लिने रेस्टुरेन्टहरू दीर्घकालीनरूपमा सञ्चालन भएका र थोरै समयमा धेरै नाफा लिने रेस्टुरेन्टहरू बन्द भएको बताए ।

रेस्टुरेन्ट सञ्चालक वीरगंज–२५ मौजेटोलका मुकेश कुर्मीले आपूm निर्माण व्यवसायीबाट होटल व्यवसायमा आकर्षित भएको बताए । उनले आप्mनोलागि यो व्यवसाय नयाँ र चुनौतीपूर्ण भएको र यसलाई सफल पार्ने बताए । उनले तत्काल एक करोड रुपैयाँको लागतमा रेस्टुरेन्ट सञ्चालनमा ल्याएको र अहिले प्रत्यक्षरूपमा २० जनाले रोजगार पाएको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here