सुर्खेत, २८ वैशाख/रासस

कर्णाली प्रदेशको प्रमुख पर्यटकीय स्थल मुगुको राराताल किनारमा सम्पन्न कर्णाली प्रदेशस्तरीय रारा कप खुला महिला र पुरुष कबड्डी प्रतियोगिताको दुवैतर्पmको उपाधि सुर्खेतले जितेको छ । शुक्रवार सम्पन्न फाइनल खेलमा पुरुषतर्पm दैलेखलाई तथा महिलातर्पm सल्यानलाई हराउँदै सुर्खेतले उपाधि हात पारेको हो ।

पुरुष फाइनलमा सुर्खेतले ४७ अङ्क तथा दैलेखले २९ अङ्क प्राप्त ग¥यो । यस्तै, महिलातर्पm सुर्खेतले २९ तथा सल्यानले २७ अङ्क प्राप्त गरेका थिए । पुरुषतर्पm जाजरकोट र सल्यान तृतीय भए । महिलातर्पm जाजरकोट र कालीकोट तृतीय भए ।

प्रतियोगितामा पुरुषतर्पm कर्णाली प्रदेशका हुम्लाबाहेक नौ जिल्लाको टोली तथा महिलातर्पm डोल्पा, हुम्ला र रूकुम पश्चिमबाहेकका सात जिल्ला सहभागी थिए । प्रतियोगिता तीन दिनसम्म चलेको थियो ।

कर्णाली प्रदेश खेककूद विकास परिषद्को आर्थिक सहयोग तथा मुगु जिल्ला खेलकूद विकास समितिको आयोजनामा रारा तालको किनारमा पहिलोपटक कर्णाली प्रदेशस्तरीय महिला तथा पुरुष कबड्डी प्रतियोगिता आयोजना गरिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here