साँच्चीकै अहिले गर्मीको कठिन घडी शुरू भएको छ । सामान्यरूपमा वैशाखलाई गर्मी महीना मानिन्छ पनि, तर मानिस वैशाखको गर्मीभन्दा जेठको गर्मीलाई खतरनाक मान्ने गरेका छन् । वैशाखमा दिउँसो जे जस्तो भए पनि बिहान र साँझ शीतल हुने तथा रातिको हावापानी अनुकूल हुने गर्दथ्यो । बिहानपख भने एक छिन चिसो वा जाडो अनुभूति हुने गर्दथ्यो । दिउँसो हल्का तातो हावा चल्थ्यो वा चल्दैनथ्यो । किसानहरू वैशाखको आधाआधीसम्म खेतमैं काम गर्दथे । मुख्यरूपमा ब्याड तयार पार्ने काम गर्दथे । प्रायः जेठको पहिलो हप्तादेखि ब्याडमा धानको बीउ खसाल्नुपर्ने हुँदा किसानहरू आधा वैशाखसम्म कम्तीमा ब्याड तयार पार्दथे । तर यसपटक भने मौसम यस्तो भइदिएको छ कि वैशाखमा घरबाट बाहिर निस्कन निकै कठिन भइसकेको छ । अहिले नै गर्मीको दृष्टिकोणले कठिन दिनको शुरूआत भइसकेको छ ।

अहिले दिउँसो अत्यन्त कठिन भएको छ, सर्वसाधारणलाई । जसलाई घरबाहिर काम गर्नुपर्छ वा जसलाई कतै जानुपर्ने हुन्छ अहिले तिनलाई निकै कठिन छ । अत्यधिक घाम लाग्ने तथा तातो हावाले पोलेर सहि नसक्नु बनाएपछि सर्वसाधारणको दैनिकी पनि प्रभावित हुन थालेको छ । दिउँसो सर्वसाधारण आप्mनो घरबाट बाहिर निस्कने काममा कमी आउँदा सडक र बजार प्रायः सुनसान हुन थालेको छ । बजारमा मानिसको चहलपहल कम हुनुको अर्थ हो व्यवसायमा कमी आउनु । हुनत अहिले निर्माण सामग्रीको बिक्री निकै बढेको छ तर यदि गर्मीको अवस्था यही रहिरहने हो भने निर्माणको काममा पनि सुस्तता नआउला भन्न सकिन्न । निर्माण मजदूर तथा कालिगढलाई अहिले फुर्सद छैन । केही समयदेखि कामको पर्याप्तता देखिएको छ तर अन्य क्षेत्रमा भने गर्मीले पनि प्रभाव देखाइरहेको छ । लगातार यस्तै मौसम रहेकोले अहिले हरियो तरकारीको भाउमा निकै बढेको छ । सर्वसाधारणको बारी तथा खेत र छतमा रहेको तरकारीका लहराहरूलाई गर्मीले सुकाइसकेको छ । मानिसलाई खानेपानीको स्वाद नै फरक भइसकेको जस्तो लागेको छ । यद्यपि गर्मीमा पानीलाई नै जीवन मानिन्छ । जति गर्मी चर्किरहेको छ, बालबालिकालाई बढी समस्या भइरहेको छ ।

बालबालिकाहरू स्वभावैले चञ्चल हुन्छन् । एक ठाउँमा बसिरहन चाहँदैनन् । घुम्न, बाहिर खेल्न तथा कुद्न र रमाउन चाहन्छन् । अझ समूहमा बस्न चाहन्छन् । बालबालिकाको समाजीकरणका साथै समूह कार्य सिकाइमा यस किसिमको क्रियाकलापको ठूलो भूमिका हुन्छ । तर अहिले जुन किसिमको गर्मी छ र तातो हावा चलेको छ, बालबालिकाहरू घरबाहिर र मुख्य गरी खुला चौरमा खेल्न रुचाउँछन् भने स्वास्थ्यमा समस्या पर्न सक्छ । खेल्ने सुरमा पानी पिउने ठेगान हुँदैन र खेल्ने सुरमा घाम कति चर्को छ र यसले कस्तो असर गरिरहेको छ भन्ने कुरा नै बिर्सन्छन् । शरीरमा पानीको मात्रा कम हुँदै गएपछि अन्य किसिमले बिरामी पर्नु स्वाभाविक हो । चर्को घाम यदि सीधा जीउमा लाग्छ, टाउकोमा लाग्छ भने त्यसले पनि असर पारिरहेको हुन्छ । कतिपयलाई अत्यधिक घामले ज्वरो आउनेसम्म पनि हुन सक्छ । यसले गर्दा बालबालिकालाई सम्भव भएसम्म घामबाट जोगाउनु नै उचित हुन्छ । बालबालिकालाई जति सक्यो घाम र गर्मीको कडा प्रहारबाट जोगाउने हो भने तिनका धेरै कुरालाई बचाइरहेका हुन्छौं । सबैलाई थाहा छ, गर्मी महीनामा नै विभिन्न किसिमका रोगहरू फैलन्छन् । सबैभन्दा ठूलो समस्या त घाम र गर्मी नै हो । यसकारण जतिखेर धेरै जोखिम हुन्छ, बालबालिकालाई घरमैं रोक्नु बुद्धिमानी हुन्छ ।

बालबालिका मात्रको जिम्मेवारी होइन, वास्तवमा सचेत हुने भनेको हरेक व्यक्तिले नै हो । कतिपय मानिसमा यस किसिमको चेतना आइसकेको हुँदैन । उदाहरणको लागि बालबालिकालाई घाममा धेरै बेर खेल्दा के असर पर्छ भन्ने कुराको ज्ञान हुँदैन ? तातो हावाले कसरी प्रभावित पार्न सक्छ ? धेरै बेर पानी नखाँदा के असर गर्छ ? गर्मी यत्ति धेरै बढिसकेको अवस्थामा यसको असरबाट जोगिन तथा अरूलाई पनि जोगाउन व्यक्तिभन्दा समाज बढी सक्रिय हुनु राम्रो हुन्छ । सम्भव भएसम्म बिहान र साँझको समयलाई काममा उपयोग गरिनु उचित हुन्छ ।

बालबालिकाप्रति बढी संवेदनशील भएर नै हुनुपर्छ, अत्यधिक गर्मी बढेर दिउँसोको घाममा बालबालिकालाई बाहिर निस्कन गाह्रो भएपछि कतिपय पालिकाले विद्यालयको पठनपाठन बन्द गरेका छन् वा पठनपाठनको समय परिवर्तन गरेका छन् । अहिले बिहानको समय त धेरै किसिमले उपयुक्त छ । यदि घरबाट विद्यालय धेरै टाढा छैन भने एघार बजेको समयसम्म घर फर्किसक्ने गरी पठनपाठनको समय तालिका मिलाउँदा सबै दृष्टिकोणले उपयुक्त हुन्छ । बिहान अलिक छिटै बालबालिकालाई बोलाउँदा हुन्छ किनभने साना बालबालिकाको लागि विद्यालय खाजाको कार्यक्रम सरकारले लागू गरेको छ । जति छिटो आए पनि विद्यालयमा खाजा खाने व्यवस्था हुन्छ । यसले गर्दा बालबालिकाले घरबाट अलिकति केही खाएर आए पनि हुन्छ वा घरमा नखाँदा पनि हुन्छ । विद्यालमा आएपछि टिफिनको समयमा खाजा खान पाइन्छ र घाम चर्केर जनजीवन प्रभावित हुनु अघि घर फर्कन पनि सक्छन् । यसले गर्दा पढाइ पनि रोकिएन र गर्मीको असरबाट जोगिन सजिलो पनि हुन्छ ।

बालबालिकालाई मात्र होइन, ज्येष्ठ नागरिक, बिरामी तथा सुत्केरीलाई पनि विशेष ध्यान दिनुपर्छ । गर्मीले पसिना निकाल्ने तथा तातो हावाले शरीरको पानी सुकाउने हुनाले सम्भव भएसम्म स्वास्थ्यवद्र्धक रसिलो खानेकुरा खानुपर्छ र सम्भव भएसम्म पानी पिइरहनुपर्छ । गर्मी महीनामा पानीलाई सबैभन्दा नजीकको मित्र ठान्नु उचित हुन्छ । हुनत भनिएको छ–जल नै जीवन हो । गर्मी जति चक्र्यो, हाम्रो शरीरलाई उति धेरै जलको आवश्यकता हुन्छ किनभने हाम्रो शरीरको प्रणालीले तातोसित हाम्रो शरीरलाई प्रतिरक्षा गरिरहेको हुन्छ जसले गर्दा पानी बढी चाहिन्छ । विचार गर्नुपर्छ र पानी खाइरहनुपर्छ ।

कतिपय मानिसलाई चीसो पानी खान मन पर्छ । अथवा अन्य चीसो पेय पदार्थमा रुचि छ । हुनत चीसो पेय स्वास्थ्यको लागि अनुकूल नरहेको चिकित्सकहरूको भनाइ छ तर स्वादको दृष्टिकोणबाहेक, शरीरलाई मूलभूतरूपमा चाहिने कुरा पानीबाट प्राप्त भइरहन्छ । जतिसुकै गर्मी किन नहोस्, धेरै चीसो पिउनु उचित मानिंदैन । अझ कतिपयले त बरफजस्तो चीसो पेय पिउने गर्दछन् । शरीरलाई चाहिने पानी हो । पानीको आपूर्ति शुद्ध र ताजा पानीबाट मात्र पनि सम्भव हुन्छ । अझ गर्मीमा खरबुजा, खिरी, काँक्रो, बेलजस्ता रसिला फल बजारमा पर्याप्त पाइन्छ । गर्मीको असरबाट जोगाउन यस्ता फलको सेवन निकै राम्रो मानिएको छ । कुनै पनि चीसो पेयभन्दा यस्ता रसिला फल बढी लाभदायी हुन्छन् । यद्यपि यस्ता फलहरूको उत्पादन कसरी भएको छ, त्यो कुरोले पनि प्रभाव पार्दछ । सामान्यतया गर्मीबाट जोगाउने यी र यस्ता फलहरू मानिसका लागि निकै उपयोगी मानिन्छन् । शरीर र स्वास्थ्यलाई उपयुक्त हुने अन्य विकल्प पनि अँगाल्न सकिन्छ ।

हामीले यस वर्ष अत्यधिक जाडो भोगेका छौं । अहिले जाडो बिर्सिसक्यौं । अहिले अत्यधिक गर्मी बेहोरिरहेका छौं । जाडोको तुलनामा, हामीकहाँ गर्मीको आयु लामो हुन्छ । जबसम्म पानी पर्दैन तबसम्म अलग्गै किसिमको गर्मी रहन्छ । पानी पर्न थालेपछि अलग्गै किसिमको गर्मी शुरू हुन्छ । अहिले सबैतिर सुख्खा छ तर पानी पर्न थालेपछि गर्मी त हुन्छ तर सुख्खा हुँदैन । यसकारण सबैभन्दा बढी अहिले गर्मी र सुख्खाकै समयमा बढी सचेत हुनुपर्छ । पानी खाएर केही हुँदैन भन्ने मनोविज्ञान पूर्णतः त्याग गरेर आप्mनो स्वास्थ्य र रुचि अनुसार पानी यत्तिकै खाने कि बेलाबेलामा केही स्वाद र स्वस्थ खाद्य मिसाएर खाने भन्ने मात्र हो । पानी निरन्तर पिइरहनु नै बुद्धिमानी हुन्छ । शरीर, मन र मस्तिष्कलाई सन्तुलनमा राख्न पानीको महŒवपूर्ण भूमिका हुन्छ । र गर्मीबाट जोगिन सम्भव भएसम्म आपूm अनुकूल अन्य उपाय पनि गर्न सकिन्छ । जुन उपायले पनि गर्मीको प्रहारबाट जोगिऔं ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here