प्रस, रौतहट, २४ वैशाख/

आम जनता पार्टीको अगुवाइमा सोमवार रौतहटका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाइएको छ ।

शिक्षामा भएका विकृति अन्त्य गर्न, विद्यार्थी सङ्ख्याको अनुपातमा दरबन्दी वितरणलगायतका माग राख्दै प्रजिअ हीरालाल रेग्मीलाई ज्ञापनपत्र बुझाइएको हो । ज्ञापनपत्र बुझाउनु अघि बिपी चोकदेखि नारा जुलुस लगाउँदै आम जनता पार्टीका  नेता, कार्यकर्ताहरूले नगरपरिक्रमा गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here