प्रस, वीरगंज, २४ वैशाख/

जिल्ला प्रहरी कार्यालय, बाराले एक करोड ४६ लाख ७९ हजार मूल्य बराबरको अवैध सामानसहित ट्रकलाई नियन्त्रणमा लिएको छ ।

इलाका प्रहरी कार्यालय, अमलेखगंजले सोमवार बिहान वीरगंजबाट हेटौंडा जाँदै गरेको ना.५ख ७९२७ नम्बरको ट्रकमा लोड रहेको लेडिज सुट, धागो, जरी दाना, प्रिन्ट कपडा, माला लकेट, मेटल धुरा र खुद्रा सामानहरू गरी ६६ लाख ९० हजार मूल्य बराबरको अवैध सामान नियन्त्रणमा लिएको छ ।

यसैगरी, वीरगंजबाट काठमाडौं जाँदै गरेको ना.८ख २७१९ नम्बरको ट्रकमा लोड रहेको मोबिल, बेडसिट कपडा, स्टेशनरी, मोटर पाट्र्स, बेकरी आइटम गरी ७९ लाख ८९ हजार मूल्य बराबरको अवैध सामान नियन्त्रणमा लिई कारबाईको लागि राजस्व अनुसन्धान कार्यालय, पथलैयामा बुझाएको जिप्रका, बाराले जनाएको छ ।

यसैगरी, जिल्ला प्रहरी कार्यालय, रौतहटले भन्सार छलेर विभिन्न नाकाबाट भिœयाइएको २५ लाख मूल्यभन्दा बढीको अवैध सामान बरामद गरेको छ । वैशाख १० देखि २२ गतेसम्म जिल्ला प्रहरी कार्यालय तथा मातहतबाट खटिएको प्रहरी गस्ती टोलीले विभिन्न स्थानबाट भन्सार छली भिœयाइएका कपडा, किराना लगायत २५ लाख ५१ हजार मूल्य बराबरको सामान बरामद गरेको हो । बरामद सामान कारबाईको लागि सोमवार भन्सार कार्यालय, रौतहटमा दाखिला गरिएको जिप्रका, रौतहटका प्रवक्ता प्रहरी नायब निरीक्ष्Fक एलिजा गिरीले बताइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here