वाशिङ्टन, २२ वैशाख/एएनआई

सामसुड्ढो लोकप्रिय एप्लिकेशन ‘गूड लक’लाई गूगल प्ले स्टोरमा राख्न थालिएको छ । जसले सामसुङ मोबाइलका प्रयोगकर्ताहरूको पहुँचमा महŒवपूर्ण विस्तार ल्याएको छ ।

विगतमा सामसुड्ढो ग्यालेक्सी स्टोरमा मात्र उपलब्ध यो एप अब एन्ड्रोइडका सबै प्रयोगकर्ताले डाउनलोड गर्न सक्ने जिएसएम एरेनाले जनाएको छ ।

सामसुङले आफ्ना प्रयोगकर्ताहरूलाई आफ्ना एपहरूको पहुँच गर्न थप लचकता प्रदान गर्ने उद्देश्यले यो कदम चालेको हो ।

यद्यपि गूगल प्ले स्टोरमा गूड लक एपलाई हाल प्रारम्भिक पहुँचको रूपमा लेबल गरिएको छ, जसले प्रयोगकर्ताहरूलाई सावधानी अपनाउन सुझाव दिन्छ ।

गूड लक एपको अतिरिक्त सामसुङले गूगल प्ले स्टोरमा वन ह्यान्ड अपरेशन प्लस मोड्युल पनि समावेश गरेको छ । जसले सामसुड्ढा प्रयोगकर्तालाई थप विकल्पहरू उपलब्ध गराउन सक्ने एरिनाले जनाएको छ ।

उक्त मोड्युल पहिले ग्यालेक्सी स्टोरमा मात्र उपलब्ध थियो र प्रयोगकर्ताहरूले अब अन्य प्लेटफर्मबाट पनि डाउनलोड गर्न सक्नेछन् ।

गूगल प्ले स्टोरमा सामसुड्ढो अनुप्रयोगहरूको विस्तारले प्रयोगकर्ताहरूलाई थप सुविधा प्रदान गर्छ । यसलाई पूर्व–रिलिज संस्करणहरूमा उत्पन्न हुन सक्ने सम्भावित बगहरूका समस्यालाई विचार गर्दै विवेकका साथ प्रारम्भिक पहुँच ट्यागमा पुग्न सल्लाह दिइन्छ । बग भन्नाले कम्प्युटर प्रोग्राम वा हार्डवेयर प्रणालीमा भएका त्रुटि वा गलतीलाई जनाउँछ ।

यी प्रस्तावहरू खोजी गर्न चाहनेहरूका लागि गूड लक एप र वन ह्यान्ड अपरेशन प्लस मोड्युल दुवै अब गूगल प्ले स्टोर र ग्यालेक्सीबाट डाउनलोड गर्नका लागि उपलब्ध छन् । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here