प्रस, परवानीपुर, २१ वैशाख/

सखुवाप्रसौनी गाउँपालिकामा विगत लामो समयदेखि सञ्चालनमा रहेको भाडाको स्कार्पियो फिर्ता गर्नुपर्ने माग उठेको छ ।

गापाको कामकाज गर्ने बहानामा वार्षिकरूपमा लाखौं रुपैयाँ अनियमितता गर्ने अभिप्रायले भाडाको स्कार्पियो सञ्चालन गरेकोमा त्यसलाई फिर्ता गर्नुपर्ने गापावासीले माग उठाएका छन् । सखुवाप्रसौनी गापा–३ बस्ने इन्जिनीयर अफजल हुसेनको समूहले संयुक्त हस्ताक्षरित विज्ञप्ति शुक्रवार गापाका प्रमुख प्रशासकीय अधिकृत राजेश रौनियारलाई बुझाउँदै ३० दिनभित्र स्कार्पियो फिर्ता गर्नुपर्ने अल्टिमेटम दिएका छन् ।

३० दिनभित्र स्कार्पियो फिर्ता नभए पालिकावासी कडा आन्दोलनमा उत्रिने ज्ञापनपत्रमा चेतावनी दिइएको छ । मासिक एक लाख ३० हजार भाडामा चल्ने स्कार्पियोले मासिक ५० हजारभन्दा बढीको डिजेल पनि खान्छ । यसरी एउटा स्कार्पियो चढ्न मासिक दुई लाख ३० हजारको हाराहारीमा खर्च भइरहेको गाउँलेहरूले बताए । गाउँले यदि गापाको लागि सवारीसाधन आवश्यक भएमा खरीद गरेर सञ्चालन गर्नुपर्ने बताए । अथवा मोटरसाइकलबाट पनि जनताको काम गरेर पालिकाको रकम बचाउनुपर्ने उनीहरूको सुझाव छ ।

वर्षमा २४–२५ लाख रुपैयाँ जोगियो भने सरकारी विद्यालयमा भौतिक संरचना निर्माण, खाजा कार्यक्रम, शिक्ष्Fकको तलबभत्तालगायत काममा उपयोग गर्न सकिने उनीहरूको सुझाव छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here