प्रस, वीरगंज, २१ वैशाख/

रामराजा बहुमुखी क्याम्पस कलैया केन्द्रमा सञ्चालित कक्षा १२ को परीक्षामा अर्काको प्रवेशपत्रमा आप्mनो फोटो टाँस गरी परीक्ष्Fा दिइरहेको अवस्थामा दुर्ईजना नक्कली परीक्षार्थीलाई प्रहरीले पक्राउ गरेको छ ।

देवताल गाउँपालिका–५ बस्ने ३० वर्षीया किरण साह र अर्को एकजना १७ वर्षीया किशोरी रहेको प्रहरीले जनाएको छ । उनको नाम प्रहरीले सार्वजनिक गरेको छैन ।

दुवैजना नक्कली परीक्षार्थी बनी लेखा विषयको परीक्षा दिइरहेको अवस्थामा कर्मचारी र प्रहरीले पक्राउ गरेको जिप्रका, बाराका प्रवक्ता प्रहरी नायब उपरीक्ष्Fक दधिराम न्यौपानेले बताए । पक्राउ परेका दुवैजनालाई शिक्षा ऐन २०२८ सम्बन्धी कसूरमा अदालतबाट चार दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रवक्ता न्यौपानेले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here