प्रस, वीरगंज, २१ वैशाख/

वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले शुक्रवार वीरगंज–१२ नयाँटोलमा पुगेर खानेपानीको समस्याबारेमा जानकारी लिएका छन् । टोलवासीको गुनासो सुन्दै नगरप्रमुख सिंहले खानेपानीको अभावबारे आफू गम्भीर रहेको बताए ।

खडेरी र गर्मीका कारण चापाकलहरू सुकेर खानपानीको अभाव भएकोले डीप बोरिङ जडान, खानेपानीको धारा जडान एवं ट्याङ्करमार्पmत पानीको व्यवस्था गर्ने आश्वासन दिए ।  खानेपानी संस्थानले वीरगंजका विभिन्न स्थानमा पाइपलाइन तथा धारा जडानको कार्यलाई अघि बढाएको पनि उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here