प्रस, जनकपुरधाम, २१ वैशाख/
जनकपुरधाममा जारी अन्तरप्रदेशस्तरीय शहीद कप टी–२० क्रिकेट प्रतियोगिता–२०८१ अन्तर्गत शुक्रवार भएको खेलमा मधेस प्रदेशलाई गण्डकी प्रदेशले सात विकेटले पराजित गरेको छ ।
जनकपुरधामको रामजानकी बहुउद्देश्यीय रङ्गशालामा जारी प्रतियोगिता अन्तर्गत आज बिहान भएको खेलमा गण्डकी प्रदेशले टस जितेर मधेसलाई ब्याटिड्ढो लागि आमन्त्रण गरेको थियो । मधेस प्रदेशले १९.४ ओभरमा सबै विकेट गुमाएर १०५ रन बनाएको थियो ।
१०६ रनको लक्ष्यसहित ब्याटिङ गरेको गण्डकी प्रदेशले १४.४ ओभरमा तीन विकेटको क्षतिमा लक्ष्य पूरा गरी सात विकेटले विजयी भयो ।
बलिङतर्पm गण्डकी प्रदेशका सुभाष भण्डारीले तीन, अमृत गुरुङ, चन्द्र पौडेल, कमल परियारले समान दुर्ई/दुर्ई विकेट लिएका थिए । गण्डकी प्रदेशका अर्जुन कुमालले ५२ रन बनाएका थिए ।
मधेस प्रदेशका खेलकूद तथा समाज कल्याण मन्त्रालयको आयोजनामा बिहीवारदेखि शुरू भएको अन्तरप्रदेशस्तरीय शहीद कप टी–२० क्रिकेट प्रतियोगिता आगामी वैशाख २८ गतेसम्म चल्नेछ ।
प्रतियोगितामा विजेता टीमलाई दुई लाख ११ हजार र उपविजेता टीमलाई एक लाख ११ हजार नगद, शिल्ड, पदक तथा प्रमाणपत्र वितरण गरिने आयोजकले जनाएको छ ।