इजरायल, १८, वैशाख/एएनआई/टिपिएस
मुलुक प्रचण्ड गर्मीले तातेको बेला इजरायलको मौसम विज्ञान सेवा (आइएमएस) ले ग्रेटर मेट्रोपोलिटन क्षेत्रमा ८५ वर्षसम्म रेकर्ड गरिएको वर्षहरूमा बिहीवार अप्रिलको सबैभन्दा तातो दिन भएको बताएको छ ।

आइएमएसले बिहीवार दिउँसो ४०.७ डिग्री सेल्सियस मापन गरेको छ । यो सन् १९३९ मा मापन गरिएको ४०.४ डिग्री सेल्सियसभन्दा धेरै तातो थियो । यभने र नित्जन समुदायमा पनि यस्तै प्रकारको कीर्तिमान तोडिएको आइएमएसले बताएको छ ।

मौसमका बावजूद इजरायलीहरू पासओभर पर्वका लागि एक साताको बिदाको आनन्द लिँदै मुलुकका पार्कमा निक्लेका छन् । 

प्रकृति तथा पार्क प्राधिकरणले दिउँसोसम्म ५५ हजार मानिस पार्क तथा प्राकृतिक आरक्षमा प्रवेश गरिसकेको बताएको छ ।

प्राधिकरणले बाहिरबाट आउनेहरूलाई पर्याप्त मात्रामा पानी र सनस्क्रिन ल्याउन आग्रह गरेको छ । इजरायली तटका सबै समुद्री तटमा पनि मानिसहरूको भीड खचाखच थियो ।

यसैबीच स्वास्थ्य मन्त्रालयले जनता, विशेषगरी वृद्ध, रोगी तथा दीर्घकालीन रोग लागेकाहरूलाई घाममा ननिस्कन र अनावश्यक शारीरिक परिश्रम नगर्न आग्रह गरेको छ । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here