प्रस, वीरगंज, १७ वैशाख/
हरि खेतान बहुमुखी क्याम्पसका प्रमुख किशोरीराय यादवले आइतवार भएको तोडफोड घटनाको छानबीन गरी दोषीलाई कारबाई गर्नुपर्ने माग गरेका छन् ।
सोमवार क्याम्पस परिसरमा आयोजित पत्रकार सम्मेलनमा उनले क्याम्पसको भौतिक संरचना तथा सवारीसाधनमाथि भएको तोडफोड घटनाको निन्दा गरे ।
क्याम्पस प्रमुख यादवले वीरगंजको नेशनल इन्फोटेक कलेजका केही व्यक्तिको उक्साहटमा सुनियोजितरूपले हरि खेतान क्याम्पसलाई बदनाम गराउन सो घटना घटाइएको आरोप लगाए । हरि खेतान क्याम्पसमा शुक्रवार सम्पन्न परीक्ष्Fाको क्रममा पर्यवेक्षकबाट अमर्यादित गतिविधि भएपछि आक्रोशित विद्यार्थीहरूले आइतवार तोडफोड गरेको भन्ने आरोपको क्याम्पस प्रमुख यादवले खण्डन गरे । उनले ती सबै आरोप निराधार भएको र सत्यता नभएको दाबी गरे । उनले यसबारेमा पनि छानबीन गर्न सकिने बताए ।
आइतवारको घटनालाई लिएर जिल्ला प्रशासन कार्यालय, पर्सामा हिजो बैठक पनि बसेको थियो । हरि खेतान क्याम्पसमा सञ्चालित परीक्ष्Fालाई त्रिजुद्ध मावि वीरगंजमा सारिएको छ ।
क्याम्पस प्रमुख यादवले घटनामा संलग्न एनआई कलेजका कर्मचारी तथा विद्यार्थीविरुद्ध आवश्यक कारबाई गर्न र क्षतिपूर्तिको माग गर्दै जिल्ला प्रहरी कार्यालय, पर्सामा उजूरी दिने बताए ।
आइतवार बिहान ११ः३० बजे विद्यार्थीहरूको समूहले क्याम्पसको भौतिक संरचना एवं सवारीसाधनमाथि ढुङ्गामुढा गर्दै क्षति पु-याएका थिए भने केही मोटरसाइकललाई नालामा समेत फालेर प्रदर्शन गरेका थिए ।