प्रस, वीरगंज, ११ वैशाख/
वीरगंज महानगरपालिका–१७ अलौंस्थित सातजनाको घरमा आगलागी हुँदा केही चौपायाको मृत्यु भएको छ भने करीब ५४ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ ।

मङ्गलवार बिहान ३ बजे महेन्द्र सहनीको फुसको घरमा विद्युत्को तार सर्ट भई आगलागी भएको र सो आगो सल्केर मैना सहनी, वीरेन्द्र सहनी, फूलदेव सहनी, तुफान सहनी, अभय सहनी, अदालत साहको घरमा आगलागी भएको जिप्रका, पर्साले जनाएको छ ।

आगलागीमा महेन्द्र सहनीको एउटा गाई र चारवटा बाख्रा र मैना सहनीको दुर्ईवटा बाख्रा, दुर्ईवटा खसी मरेका छन् भने अन्न, कपडा, सरसामान र गहना जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगलागीमा वीरेन्द्र सहनी, तुफान सहनी, फूलदेव सहनी, अभय सहनी र अदालत साहको घर क्षति पुगेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here