कैदी नम्बर ८०४
पूर्वपाकिस्तानी क्रिकेट एवं त्यहाँका पूर्वप्रधानमन्त्री इमरान खान अहिले पाकिस्तानको अदिमाला कारागारमा बन्दी जीवन बिताइरहेका छन् । उनी पाकिस्तान तहरीक–ए–इन्साफ (पिटिआईका) नेता र सर्वेसर्वा हुन् । जोसुकै प्रधानमन्त्री अथवा राष्ट्रपति भएपनि पाकिस्तानमा अन्तिम बोलकबोल गर्ने निर्णायक सेना नै हो । पाकिस्तानमा निर्वाचन त्यहाँको सेनाको रेखदेख र खटनपटन सम्पन्न हुने गर्छ । पाकिस्तानको राजनीतिमा सेना हाबी रहन्छ […]
हाम्रो वरपरको बहुमूल्य सम्पदा
संसारले विश्व सम्पदा दिवस मनाइरहँदा हामीले हाम्रो वरपरका सम्पदाबारे जानकारी लिनु उचित हुन्छ । अझ सम्पदाको संरक्षणको लागि केही प्रयास भए वा नभएकोबारे पनि बुझ्नु उचित हुन्छ । यस्ता सम्पदाबारे कम्तिमा सामाजिक सञ्जालमा केही जानकारी शेयर गर्नु उचित हुन्छ । वर्षको कुनै दिन यस प्रकारका सम्पदाहरूबारे आप्mनो परिवारमा चर्चा गर्नुपर्छ वा सम्भव भएसम्म विभिन्न धार्मिक, […]
नेपालद्वारा साउदी अरेबिया छ विकेटले पराजित
काठमाडौं, ५ वैशाख/रासस एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिता अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले साउदी अरेबियालाई छ विकेटले पराजित गरेको छ । जीतसँगै नेपाल समूह चरणमा अपराजित रहँदै सेमिफाइनलमा प्रवेश गरेको हो । ओमानको अल अमेरत खेलमैदानमा भएको आजको खेल वर्षाले प्रभावित भएपछि २० ओभरबाट आठ ओभरमा झारिएको थियो । पहिला ब्याटिङ गरेको साउदी […]
विश्व हिमोफिलिया दिवसः रोकथाममा मात्र, दीर्घकालीन उपचार छैन
काठमाडौं, ५ वैशाख/रासस बुधवार विश्वभर हिमोफिलिया दिवस मनाइयो । यस वर्ष नेपालमा ‘सबै रक्तस्राव पहिचान गर्दै सबैको समान पहुँच’ नाराका साथ यो दिवस मनाइएको हिमोफिलिया सोसाइटी नेपालले जनाएको छ । दिवसका अवसरमा आज वीर अस्पतालले आयोजना गरेको कार्यक्रममा हिमोफिलिया रोग प्रायःजसो पुरुषलाई बढी हुने गरेको चिकित्सकहरूले बताएका छन् । कार्यक्रममा वीर अस्पतालका रगतरोग विशेषज्ञ डा […]
पाकिस्तानमा वर्षाका कारण २५ जनाको मृत्यु
पाकिस्तान, ५ वैशाख/एएनआई पाकिस्तानको खैबरपख्तुनख्वा (केपी) मा लगातार भारी वर्षाका कारण उत्पन्न विपद्का घटनामा थप चारजनाको ज्यान गएको छ । योसँगै हालसम्म प्रान्तमा वर्षाको कारण मृतकको सङ्ख्या २५ पुगेको अधिकारीहरूलाई उद्धृत गर्दै ‘डन समाचारपत्र’ले जनाएको छ । साङ्ला र चारसद्दा जिल्लामा मौसमी प्रतिकूलताले हताहतका घटनाहरू भएका छन्, जसले विगत केही दिनदेखि लगातार भारी वर्षाका साथै […]
वनको डढेलो र गहुँको ठुटो जलाउँदा आगलागीको जोखिम र वातावरण प्रदूषित हुँदै
प्रस, सेढवा, ३ वैशाख/ वनमा लागेको डढेलो तथा किसानहरूले गहुँको ठुटो हटाउनका लागि खेतमा आगो लगाउँदा आगलागीको जोखिम बढ्नुका साथै वातावरण प्रदूषित हुन थालेको छ । डिभिजन वन कार्यालय, पर्सा अन्तर्गत राष्ट्रिय वनमा पटकपटक डढेलो लागिरहेको हुँदा डढेलोबाट उत्पन्न धूवाँका कारण वातावरण प्रदूषित भएको छ । किसानहरूले गहुँ भिœयाएपछि खेतमा रहेका गहुँका ठुटा र छवालीमा […]
२०८१ वैशाख ०५ गते बुधवारको प्रतीक दैनिक
पढ्न यहाँ क्लिक गर्नुहोला
लोसपा मधेस सरकारबाट बाहिरियो मुख्यमन्त्रीद्वारा मन्त्रिमण्डल विस्तार
प्रस, वीरगंज, ४ वैशाख/ मधेस प्रदेश सरकारबाट लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मङ्गलवारदेखि बाहिरिएसँगै मुख्यमन्त्री सरोजकुमार यादवले सो पार्टीका तर्फबाट मन्त्री रहेका रमेशकुमार कुर्मीले सम्हाल्दै आएका वन तथा वातावरण मन्त्रालय आफूमातहत राखेर मन्त्रिमण्डल विस्तार गरेका छन् । लोसपा संसदीय दलको आज बसेको बैठकले मधेस प्रदेश सरकारबाट बाहिरिने र समर्थन फिर्ता लिने निर्णय गरेसँगै सो पार्टीबाट वन […]
पर्सागढीले जनता सडक मरम्मत गर्दै
नरेश यादव, पर्सागढी, ४ वैशाख/ पर्सागढी नगरपालिकाले आफ्नो क्षेत्र अन्तर्गतको जनता सडकमा मर्मत सम्भार शुरू गरेको छ । २०६५ मा विश्व बैंकको लगानीमा पप्पु कन्स्ट्रक्शनले जीतपुरदेखि रङ्गपुरसम्म जाने सडक कालोपत्र गरेको थियो । हालसम्म यो सडक मरम्मत नहुँदा ठाउँठाउँमा फुटेको, भत्केको र पानी जम्ने गरेका कारण दुर्घटना हुने गरेको छ । नगरप्रमुख गोकर्ण पाठकले नगरपालिकाको […]
ट्याङ्करको ठक्करले प्रहरी जवानको मृत्यु
प्रस, वीरगंज, ४ बैशाख/ जीतपुरसिमरा उपमहानगरपालिका–२ मा ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिंदा जिल्ला प्रहरी कार्यालय, पर्सामा कार्यरत दिनेश परियारको मृत्यु भएको छ । हिजो राति प्रहरी जवान परियारले चलाएको ग.१४प ५९७२ नम्बरको मोटरसाइकललाई ना.७ख ३०२६ नम्बरको ट्याङ्करले ठक्कर दिएपछि प्रहरी जवान परियार गम्भीर घाइते भएका थिए । उनलाई वीरगंजस्थित एलएस न्युरो अस्पतालमा भर्ना गरिएको र उपचारको […]