प्रस, पोखरिया, २६ चैत/
राष्ट्रिय परीक्षा बोर्ड हेटौंडाका शाखा अधिकृत जयप्रकाश कुशवाहाले एकै कक्षामा पढ्ने विद्यार्थीमध्ये प्रथम श्रेणीमा उत्तीर्ण भएका विद्यार्थी तथा तिनका अभिभावकले सो विद्यालयका शिक्षक राम्रो भन्ने तर अनुत्तीर्ण भएका विद्यार्थीहरू तथा तिनका अभिभावकले सोही शिक्षकलाई दोष दिने गरेको बताए ।
मुखदेव सुशीला प्राविधिक माध्यमिक विद्यालय बहुदरमाई नगरपालिका–८ रामनगरीको आयोजनामा सोमवार स्वागत तथा बिदाइमा शाखा अधिकृत कुशवाहाले सबैले परीक्षा मर्यादित हुनुपर्छ भन्ने गरेको तर मर्यादित कसरी गर्ने भन्नेबारेमा केही नबताउने गरेको बताए । विद्यालयमा शिक्षकहरूले जस्तो भाषा र व्यवहार देखाउँछन्, त्यस्तै व्यवहार विद्यार्थीहरूले
सिक्ने भएकाले राम्रो व्यवहार देखाउन उनले शिक्षकहरूलाई सुझाए ।
कार्यक्रममा कक्षा ११ का विद्यार्थीहरूलाई स्वागत तथा १२ का विद्यार्थीहरूलाई स्वागत गरिएको थियो । प्रधानाध्यापक लक्ष्मीकान्त साहको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत शेरे मुस्तफा, शिक्षक अभिभावक सङ्घका अध्यक्ष विकास पटेल, शिक्षक लालबाबू पटेल, आसमान नेपाल पर्साका धर्मेन्द्र चौरसियालगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा स्वागत अनिशा कुमारी, सहजीकरण सुजित चौरसिया र आकृति कुशवाहाले गरेका थिए ।