प्रस, वीरगंज, २६ चैत/
चैते नवरात्रिको अवसरमा सोमवार ४७औं वाहिनी सशस्त्र सीमा बल रक्सौल (बिहार)को आयोजनामा रक्तदान कार्यक्रम सोमवार सम्पन्न भएको छ ।
वाहिनीका कार्यवाहक कमान्डेट अगाले प्रियदर्शन अरुणले रक्तदान गरेर कार्यक्रमको शुभारम्भ गरेका थिए । वाहिनीका २२ जना जवानले रक्तदान गरेका बताइएको छ । भारतीय रेडक्रस मोतिहारीको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा भारतीय रेडक्रस सोसाइटी मोतिहारीका डा अशोक कुमार, प्राविधिक ओमप्रकाश यादव, सहायक प्राविधिक विनोदकुमार श्रीवास्तवलगायतले प्राविधिक सहयोग गरेका थिए ।
कार्यवाहक कमान्डेट अरुणले वाहिनीले मानव र पशु स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको र एक महीनाको अन्तरालमा यो दोस्रोपटक रक्तदान शिविर आयोजना गरिएको बताए । कार्यक्रममा डा प्रतीक रञ्जन, अधीनस्थ अधिकारी निरीक्षक मनोजकुमार शर्मालगायतको सहभागिता थियो ।