प्रस, वीरगंज, २६ चैत/
जिल्ला प्रहरी कार्यालय, पर्साले ठूलो परिमाणमा लागूऔषधसहित दुईजना युवकलाई पक्राउ गरेको छ ।

पर्सा प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले वीरगंज महानगरपालिका–४ अमरचोक (बुखारचोक)बाट मधेस प्रदेश ०३–००१ च ७०९८ नम्बरको पिकअप गाडी चेकजाँच गर्दा सोबाट नुर्फिन, फेनारगन र डाइजेपाम इन्जेक्सन १२/१२ सय गरी ३६ सय थान, अनरेक्स सिरप १०० एमएलको ५० थान र टपेन्टाडोल ३९ पत्ता ३९० थान ट्याब्लेट बरामद भएको बताए । प्रवक्ता थापाले पिकअपबाट लागूऔषध बरामद भएपछि गाडी चालक र सोमा सवार वीरगंज महानगरपालिका–२० का २० वर्षीय राजन यादव र २१ वर्षीय विष्णु पौडेललाई नियन्त्रणमा लिएको बताए ।

उनले घटना चैत २४ गते साँझ साढे ७ बजेको भएको र हिजो पर्सा जिल्ला अदालतबाट पाँच दिनको थुनुवा आदेशपछि सोमवार सार्वजनिक गरिएको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here