प्रस, वीरगंज, २३ चैत/
नेपाल तथा सशस्त्र प्रहरीले चेकजाँचको नाममा सर्वसाधारणलाई दुःख दिंदैछन् भने अवैध काम गर्नेहरूलाई प्रोत्साहन गरेको समाचार छ ।

परिवर्तित सत्ता समीकरणसँगै जिल्लामा फेरिएका सुरक्षा कमान्डरहरूले निर्देशन गरे अनुसार युनिट इन्चार्जहरूले वीरगंज भन्सारलगायत ग्रामीण क्षेत्रको भन्सार नाकामा चेकजाँचको बहानामा सर्वसाधारण जनतालाई दुःख दिएको आरोप छ ।

सुरक्षाकर्मीले तस्करहरूलाई चिन्छन् । सीमामा हुने अवैध काम नियन्त्रणको बहानामा रातभरि नेपाल प्रहरी र सशस्त्र प्रहरीले खुलेआम तस्करी गराउने गरेको स्रोतको दाबी छ । अहिले दैनिक करोडौंको तस्करीको सामानसहित ट्रक बाराको पथलैयाबाट पक्राउ पर्ने गरेको छ । जसले स्पष्ट हुन्छ कि सीमा क्षेत्रमा तस्करी निकै बढेको छ ।

पर्साको अधिकांश क्षेत्र भारतको सीमासँग जोडिएको छ । सो भेगका बासिन्दा नूनदेखि सुनसम्म भारतीय बजारबाट किनेर ल्याउँछन् । नेपालीहरू दैनिक गुजारा चलाउन भारतमा मजदूरी मात्र गर्न जाँदैनन् सस्तोमा उपभोग्य वस्तु पाइने भएकोले किनेर पनि घर ल्याउँछन् । तर सर्वसाधारणलाई सुरक्षाकर्मीले चेकजाँचको बहानामा सीमामा घण्टौं रोकेर राख्ने, दुःख दिने, दुव्र्यवहार गर्ने गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here