नयाँ दिल्ली, १५ चैत/रासस
भारत र चीनबीचको उत्तरपश्चिमी क्षेत्रमा देखिएको सीमा विवाद र त्यहाँ उत्पन्न असमझदारीका विषयलाई लिएर दुवै देशका कूटनीतिक अधिकारीहरूबीच बेइजिङमा वार्ता भएको छ ।

भारतको विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा दुर्ई देशका अधिकारीहरूबीच बुधवार बेइजिङमा २९औं बैठक बसेको र सीमा क्षेत्रमा देखिएको तनाव मत्थर बनाउनेतर्पm वार्ता सकारात्मक भएको जनाइएको छ ।

वार्ताका लागि भारतीय प्रतिनिधिमण्डलको नेतृत्व भारतीय विदेश मन्त्रालयका सहसचिवले गरेका थिए भने चीनका तर्पmबाट चिनियाँ विदेश मन्त्रालयको सीमा मामिलासम्बन्धी महानिर्देशकले गरेको विज्ञप्तिमा जनाइएको छ ।

विज्ञप्तिमा दुवै पक्षले सीमा क्षेत्रमा देखिएको तनाव पूर्णरूपमा मत्थर बनाउनेतर्पm गम्भीर विचारविमर्श गरेका र दुई देशको सीमारेखा “लाइन अफ एक्चुअल कन्ट्रोल” (एलएसी)का सन्दर्भमा बाँकी रहेका मुद्दाहरू सुल्झाउने विषयमा छलफल भएको उल्लेख छ ।

बैठकपछि सीमावर्ती क्षेत्रमा शान्ति कायम गर्नेतर्पm कूटनीतिक र सैनिक संवाद शुरू गर्न दुवै पक्ष सहमत भएका छन्, भारतीय विदेश मन्त्रालयले जनाएको छ ।

“तत्कालका निम्ति, दुवै पक्षले कूटनीतिक र सैनिक तहबाट निरन्तर सम्पर्क र संवाद गर्न सहमति जनाएका छन् । विद्यमान द्विपक्षीय सम्झौता बमोजिम सीमा क्षेत्रमा शान्ति कायम गर्न सहमति भएको छ”–मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।

दुवै देशबीच २८औं वार्ता यस अघि गत नोभेम्बरमा भएको थियो । उक्त वार्तामा दुवै पक्षले एलएसीको परिस्थितिबारे समीक्षा गर्नुका साथै एलएसीसमेत पूर्वी लद्दाखको सीमाक्षेत्रमा शान्तिपूर्ण अवस्था बहाल गर्ने विषयमा खुला, रचनात्मक र गम्भीर विचारविमर्श भएको छ ।

यसैबीच, भारतले अरुणाचल प्रदेशका सम्बन्धमा चीनले गरेको दाबीलाई आधारहीन तर्क भन्दै अस्वीकार गरेको छ । मार्च १९ मा सार्वजनिक भारतीय विदेश मन्त्रालयको विज्ञप्तिमा अरुणाचल प्रदेशका जनताले भारतीय विकास कार्यक्रम तथा पूर्वाधार परियोजनाबाट अत्यधिक लाभ लिइरहेको उल्लेख छ । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here