प्रस, वीरगंज, १० चैत/
मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले शनिवार मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

सत्ता समीकरण फेरिएपछि सरकारमा आएको एमालेका तर्फबाट तीनजना मन्त्री र एकजना राज्यमन्त्री थप गरी आज मुख्यमन्त्री यादवले मन्त्रिपरिषद् विस्तार गरेको उनको निजी सचिवालयले जनाएको छ ।

मन्त्रीहरूमा राजकुमार लेखी (गृह, सञ्चार तथा कानून), शत्रुघ्न सिंह (स्वास्थ्य तथा जनसङ्ख्या) र प्रमोदकुमार जयसवाल (शिक्षा तथा संस्कृति) छन् भने राज्यमन्त्रीमा केशव राय (स्वास्थ्य तथा जनसङ्ख्या) छन् ।

नवनियुक्त मन्त्रीहरूले आजै प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएका छन् । राज्यमन्त्री रायलाई भने मुख्यमन्त्री यादवले शपथ गराएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here