बलिराम शुक्ला, बिरुवागुठी, १० चैत/
पर्सागढी नगरपालिका–३ स्थित झाबराहा दुग्ध उत्पादक सहकारी संस्थाको शनिवार साधारणसभा सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष योगेन्द्र कार्कीको अध्यक्षतामा भएको साधारणसभाको प्रदेशसभा सदस्य श्याम पटेलले उद्घाटन गरेका थिए । उनले किसानहरूले भोग्दै आएका समस्याबारेमा आफूले प्रदेशसभामा आवाज उठाएको बताए । उनले दूध खरीद नहुँदा किसानहरूलाई मर्का परेको र बिक्री गरेका किसानहरूले भुक्तानी नपाएको विषयलाई आफूले उठाउँदै आएको र यो समस्याको समाधान चाँडै बताए ।

कार्यक्रममा पर्सागढी नपाका पशु शाखा प्रमुख डा पुष्पेन्द्र साह, सहकारी प्रमुख खड्कबहादुर खत्री, अन्नपूर्ण दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष मीनबहादुर भण्डारी, सिमरा डेरी उद्योगका सञ्चालक सुदीप कँडेललगायतले साधारणसभा सफलताको कामना गरेका थिए ।

साधारणसभामा अध्यक्ष कार्कीले आय रु ३३ लाख ८५ हजार छ सय र खर्च रु ३३ लाख ४२ हजार नौ सय भएको त्रैमासिक प्रगति विवरण प्रस्तुत गरेका थिए । बन्दसत्रले योगेन्द्र कार्कीकै अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन गरेको छ । समितिकी उपाध्यक्ष रञ्जु लामा, सचिव विदुर उप्रेती, कोषाध्यक्ष नारायणबहादुर कँुवरलगायत छन् ।

कार्यक्रममा स्वागत हरि लामाले र सहजीकरण बलिराम शुक्लाले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here